सोलुखुम्बु — लोकसेवा आयोगले शनिबार प्रकाशित गरेको शाखा अधिकृतको नतिजाले सोलुखुम्बुको महाकुलुङ–३ मा अवस्थित कुलुङ परिवारमा खुसीको माहोल छ । एउटै घरका तीनजनाले एकैपटक शाखा अधिकृतमा सफलता पाएपछि गाउँ नै उत्साहित बनेको छ ।
बिज्ञापन
बिज्ञापन
स्थानीय दुर्गाबहादुर कुलुङ र मनीकुमारी कुलुङका दुवै छोरासहित बुहारी शाखा अधिकृतमा सिफारिस भएपछि परिवारमा मिठाई बाँड्दै शुभकामना आदान–प्रदान भइरहेको छ ।
बिज्ञापन
श्रीमान्–श्रीमती दुवैले एकैपटक नाम निकाल्दै सफलता हात पारेका छन् । एकराज कुलुङले आदिवासी जनजातीतर्फ सातौँ नम्बरमा स्थान पाए भने उनकी श्रीमती मनिषा राई महिलातर्फ पहिलो नम्बरमा सिफारिस भएकी छन् ।
त्यसैगरी, एकराजका सहोदर भाइ बालकुमार कुलुङले पनि आदिवासी जनजातीतर्फ पाँचौँ नम्बरमा नाम निकाल्दै परिवारको उपलब्धिमा अर्को सफलता थपेका छन् ।
यसले गाउँमा कडा परिश्रम, शिक्षा र प्रतिस्पर्धाको उदाहरण स्थापित भएको स्थानीयवासीले बताएका छन् । “एउटै परिवारका तीन जना सफल हुँदा गाउँभरि नै खुसी छ,” एक स्थानीय शिक्षकले भने, “युवाले राम्रो तयारी र लगनशिलता देखाए सफलता सम्भव हुन्छ भन्ने प्रेरणा मिलेको छ ।”
लोकसेवा आयोगको नतिजासँगै सोलुखुम्बुका अन्य परीक्षार्थी तथा परिवारले पनि यस्तो उपलब्धिलाई प्रेरणादायी सफलताका रूपमा लिएका छन् ।


























