एउटै घरका श्रीमान–श्रीमती र देवर एकैपटक शाखा अधिकृतमा सिफारिस

सोलुखुम्बु — लोकसेवा आयोगले शनिबार प्रकाशित गरेको शाखा अधिकृतको नतिजाले सोलुखुम्बुको महाकुलुङ–३ मा अवस्थित कुलुङ परिवारमा खुसीको माहोल छ । एउटै घरका तीनजनाले एकैपटक शाखा अधिकृतमा सफलता पाएपछि गाउँ नै उत्साहित बनेको छ ।

बिज्ञापन

 

बिज्ञापन

स्थानीय दुर्गाबहादुर कुलुङ र मनीकुमारी कुलुङका दुवै छोरासहित बुहारी शाखा अधिकृतमा सिफारिस भएपछि परिवारमा मिठाई बाँड्दै शुभकामना आदान–प्रदान भइरहेको छ ।

 

बिज्ञापन

श्रीमान्–श्रीमती दुवैले एकैपटक नाम निकाल्दै सफलता हात पारेका छन् । एकराज कुलुङले आदिवासी जनजातीतर्फ सातौँ नम्बरमा स्थान पाए भने उनकी श्रीमती मनिषा राई महिलातर्फ पहिलो नम्बरमा सिफारिस भएकी छन् ।

 

त्यसैगरी, एकराजका सहोदर भाइ बालकुमार कुलुङले पनि आदिवासी जनजातीतर्फ पाँचौँ नम्बरमा नाम निकाल्दै परिवारको उपलब्धिमा अर्को सफलता थपेका छन् ।

 

यसले गाउँमा कडा परिश्रम, शिक्षा र प्रतिस्पर्धाको उदाहरण स्थापित भएको स्थानीयवासीले बताएका छन् । “एउटै परिवारका तीन जना सफल हुँदा गाउँभरि नै खुसी छ,” एक स्थानीय शिक्षकले भने, “युवाले राम्रो तयारी र लगनशिलता देखाए सफलता सम्भव हुन्छ भन्ने प्रेरणा मिलेको छ ।”

 

लोकसेवा आयोगको नतिजासँगै सोलुखुम्बुका अन्य परीक्षार्थी तथा परिवारले पनि यस्तो उपलब्धिलाई प्रेरणादायी सफलताका रूपमा लिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, यस्ता छन् क्याविनेटका अरु निर्णयहरु

बालेन्द्र शाह नेतृत्वको सरकारलाई कर्मचारी युनियनको बधाई: संघीय निजामती ऐन र वृत्ति विकासमा जोड

यस्तो छ मन्त्रीहरुको वरियता

पत्रकारिता पृष्ठभूमिकी रावलको काँधमा कर्मचारी र भूमि प्रशासनको जिम्मेवारी,के के छन् चुनौती ?

निजामती प्रशासनभित्रका कुनै समूह वा अभियानलाई हाम्रो समर्थन छैन : रास्वपा

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : राजश्व अनुसन्धान विभागसहित १५ ऐन खारेज

६ मन्त्रालयहरु एक आपसमा गाभिने

यी हुन बालेन सरकारका सारथी

बिशेष