अख्तियारले एकै पटक चलायो ४३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा

नेपालको प्रशासनिक इतिहासमा एकै पटक झण्डै चार दर्जन प्रशासकविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ,अख्तियारले । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोपमा ५५ जना र एक कम्पनीविरुद्ध मुद्दा दायर गर्दा बहालवाला र निवृत्त कर्मचारी गरी ४३ जना,पूर्व मन्त्री पाँच जना,क्यानका सञ्चालकहरु र एक वटा कम्पनीलाई प्रतिवादी बनाइएको छ । तत्कालीन मन्त्रीहरू डा रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य, र स्वर्गीय पोष्टबहादुर बोगटीलाई विपक्षी बनाइएको छ ।

बिज्ञापन

यस्तै कर्मचारीतर्फ तत्कालीन सचिव सुशील घिमिरे,सुरेशमान श्रेष्ठ,अर्थ मन्त्रालयका तत्कालीन सचिव सुमनप्रसाद शर्मा र भेषराज शर्मा,कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सचिव रञ्जनकृष्ण अर्याल,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव रही सचिवबाट अवकाश पाएका मोहनकृष्ण सापकोटा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सह सचिव,अर्थ मन्त्रालयका तत्कालीन सह सचिव लोकबहादुर खत्री,जो प्राधिकरण सञ्चालक समितिका सदस्य,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सह सचिव एवं नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य तथा सचिव पदबाट अवकाश पाएका इ सुरेश आचार्यलाई प्रतिवादी बनाइएको छ । यस्तै,मुक्तिनारायण पौडेल,जो भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका सदस्यलाई प्रतिवादी बनाइएको छ । अख्तियारले भन्सारका तत्कालीन महानिर्देशक सूर्यप्रसाद आचार्य, नेपाल नागरिक उड्डन प्राधिकरणका तत्कालीन महानिर्देशक त्रिरत्न मानन्धर, रतिशचन्द्र सुमन,प्राधिकरणका उपमहानिर्देशक सुमनकुमार श्रेष्ठ,पर्यटन मन्त्रालयका तत्कालीन उपसचिव हरिबहादुर खड्का,क्यानका उपमहानिर्देशक रोशन चित्रकार, ऋषिकेश शर्मा, नारायण गिरी,। महेशकुमार बस्नेत, बाबुराम पौडेल,अशोककुमार सुवेदी, मुरारी भण्डारी,सुवर्णराज उपाध्यायलाई प्रतिवादी बनाइएको छ ।

बिज्ञापन

महानिर्देशक बन्ने लाइनमा रहेका प्रतापबाबु तिवारीका अलवा रुद्रप्रसाद फुयाल,रामचन्द्र सुवेदी प्रतिवादी बनाइएका छन् ।  यस्तै समावेशी आयोगको पूर्व अध्यक्ष तथा सर्वाेच्चका पूर्व रजिष्टर डा रामकृष्ण तिमिल्सेना सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार एयरपोर्टका इन्जिनियर पुरुषोत्तम डंगोल,क्यानका कर्मचारीहरु विनोदानन्द चौधरी, मुकुन्दप्रसाद भण्डारी, गंगासागर मान श्रेष्ठ,क्यानका महानिर्देशक प्रदीप अधिकारी, रवीन्द्रनाथ श्रेष्ठ, हंशराज पाण्डेय, डा पुण्यराज शाक्य, द्वारिका प्रसाद भट्टराई,वरिष्ठ कानुन अधिकृत कुल प्रसाद सिंखडा,अर्थका तत्कालीन सचिव मधुकुमार मरासिनी, लालबहादुर खत्री,कमलकुमार भट्टराई लगायतका कर्मचारीलाई प्रतिवादी बनाएको छ अख्तियारले ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, यस्ता छन् क्याविनेटका अरु निर्णयहरु

बालेन्द्र शाह नेतृत्वको सरकारलाई कर्मचारी युनियनको बधाई: संघीय निजामती ऐन र वृत्ति विकासमा जोड

यस्तो छ मन्त्रीहरुको वरियता

पत्रकारिता पृष्ठभूमिकी रावलको काँधमा कर्मचारी र भूमि प्रशासनको जिम्मेवारी,के के छन् चुनौती ?

निजामती प्रशासनभित्रका कुनै समूह वा अभियानलाई हाम्रो समर्थन छैन : रास्वपा

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : राजश्व अनुसन्धान विभागसहित १५ ऐन खारेज

६ मन्त्रालयहरु एक आपसमा गाभिने

यी हुन बालेन सरकारका सारथी

बिशेष