सचिव पदका लागि तीन सहसचिव सिफारिस, पौडेल पहिलो नम्बरमा

काठमाडौँ । रिक्त रहेको एक सचिव पदका लागि तीन जना वरिष्ट सहसचिवको नाम सिफारिस गरिएको छ ।सिफारिसमा परेका सहसचिवहरूमा राजेन्द्र कुमार पौडेल, कमल प्रसाद भट्टराई र इन्दु घिमिरे रहेका छन् ।

बिज्ञापन

 

बिज्ञापन

स्रोतका अनुसार आगामी मन्त्रिपरिषद् बैठकले सिफारिसको पहिलो नम्बरमा रहेका सहसचिव राजेन्द्र कुमार पौडेललाई सचिवमा बढुवा गर्ने तयारी गरेको छ । पौडेल हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका छन् ।

 

बिज्ञापन

उक्त सूचीको दोस्रो नम्बरमा रहेका सहसचिव कमल प्रसाद भट्टराई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागका महानिर्देशक हुन् ।

त्यस्तै तेस्रो नम्बरमा परेकी सहसचिव इन्दु घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन महाशाखामा कार्यरत छन् ।मन्त्रिपरिषद्ले सिफारिसअनुसार सचिव नियुक्ति औपचारिक गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीहरुलाई निर्देशन : सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थागत मर्यादा गर्नु

शाखा अधिकृतको परीक्षामा ८७ प्रतिशत परीक्षार्थी उपस्थित,१५ दिनभित्रै नतिजा प्रकाशन गरिने

यी हुन काठमाडौंमा खटाइएका निर्वाचन अनुगमन अधिकृत

गंगालालमै कुटपिट भएका चिकित्सक भन्छन्, ‘आक्रमण सहेरै पनि बिरामी आमाको ज्यान जोगाएँ’

क्यानका पूर्व महानिर्देशक प्रदीप अधिकारी थुनामै

बार्षिकोत्सव मनाएको भोलिपल्टै फेरियो टेलिकमको नेतृत्व

किताबखानाको सूचना शुद्धीकरण अभियान, विवरण उपलव्ध गराउन आह्वान

निर्वाचन आचारसंहिता लाग्नु अघि ‘छापामार शैली’मा कर्मचारी सरुवा,बदर गर्न अदालतको आदेश

बिशेष