कल्याणपुरका प्रशासकीय अधिकृत सम्पर्कविहीन, कामकाज प्रभावित

 कल्याणपुर नगरपालिकाको प्रशासनिक नेतृत्व अचानक ‘अदृश्य’ बनेपछि सेवा प्रवाह ठप्पजस्तै भएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव कमलबहादुर थापा मंसिर १४ यता कार्यालयबाटै सम्पर्कविहीन छन्।

बिज्ञापन

 

बिज्ञापन

थापाले न त कार्यालयमा हाजिर रहे, न त कार्यवाहकलाई सूचना दिए। ‘उहाँ १४ गतेदेखि कार्यालय आउनुभएको छैन,’ कार्यवाहक नगर प्रमुख रेखा यादवको भनाइ छ, ‘जाँदा कम्तीमा जानकारी दिनुपर्थ्यो, तर उहाँले एक शब्द पनि भन्नुभएन।’

 

बिज्ञापन

स्थानीय सरकार सञ्चालन ऐनअनुसार कार्यालय प्रमुख अनुपस्थित हुँदा निमित्त तोक्नुपर्छ। तर थापाले छाडेर जाँदा यो कानुनी प्रक्रिया पनि पालना भएन। परिणामस्वरूप दैनिक काम लिएर आउने नागरिक ‘दैलोमै फर्किने’ अवस्थामा पुगेका छन्।स्थानीय किशोरी यादव भन्छिन्, ‘उहाँ विरलै कार्यालयमा देखिनुहुन्छ। अहिले त पूरा नगर नै प्रमुखविहीन जस्तो छ।’

 

स्थिति गम्भीर भएपछि नगरपालिकाले जिल्ला प्रशासन कार्यालय सिरहा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लिखित जानकारी पठाएको छ। तर कार्यालय प्रमुखको अवस्थाबारे अझै कुनै जवाफ आएको छैन।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालको भनाइमा, ‘उहाँ हाम्रो सम्पर्कमा पनि हुनुहुन्न। कामकाज प्रभावित हुन नदिन विकल्प खोज्दैछौं।’थापाको अनुपस्थितिले कल्याणपुरमा प्रशासनिक शून्यता सिर्जना भएको छ भने सेवाग्राही दिनदिनै निराश भएर फर्किन बाध्य भएका छन्।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीहरुलाई निर्देशन : सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थागत मर्यादा गर्नु

शाखा अधिकृतको परीक्षामा ८७ प्रतिशत परीक्षार्थी उपस्थित,१५ दिनभित्रै नतिजा प्रकाशन गरिने

यी हुन काठमाडौंमा खटाइएका निर्वाचन अनुगमन अधिकृत

गंगालालमै कुटपिट भएका चिकित्सक भन्छन्, ‘आक्रमण सहेरै पनि बिरामी आमाको ज्यान जोगाएँ’

क्यानका पूर्व महानिर्देशक प्रदीप अधिकारी थुनामै

बार्षिकोत्सव मनाएको भोलिपल्टै फेरियो टेलिकमको नेतृत्व

किताबखानाको सूचना शुद्धीकरण अभियान, विवरण उपलव्ध गराउन आह्वान

निर्वाचन आचारसंहिता लाग्नु अघि ‘छापामार शैली’मा कर्मचारी सरुवा,बदर गर्न अदालतको आदेश

बिशेष