दरबन्दी अनुसार उपसचिवले नेतृत्व गर्ने कार्यालयमा आफू नै निमित्त भइरहन माग गर्दै एक शाखा अधिकृतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन मन्त्रालयमा दवाव दिइरहेको खुलेको छ ।
बिज्ञापन
संघीय सरकारको अकर्मण्यता र केही कर्मचारीको मिलेमतोका एउटा महत्वपूर्ण आयोजना बर्ष दिनदेखि निमित्त कार्यालय प्रमुखको भरमा चलिरहेको छ । सोही कार्यालयमा चालु आर्थिक बर्षभर आफैलाई निमित्त दिनुपर्ने र अन्य उपसचिव वा कार्यालय प्रमुख नपठाइदिन भन्दै एक शाखा अधिकृतले विभागीय वन मन्त्रालय,लाइन मिनिष्ट्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दवाव बढाएकी हुन ।
वन तथा वातावरण मन्त्रालय मातहतको एउटा कार्यालय छ,संघीय जलाधार व्यवस्थापन स्रोत केन्द्र । जस्को कार्यालय छ,कुलेखानी मकवानपुरमा । बर्षदिनदेखि निमित्त कार्यालय प्रमुखको भूमिकामा छिन्,अधिकृत विष्णुकुमारी अधिकारी । उनी गत बर्षको कार्तिकदेखि सो निकायमा कार्यरत छिन् । यस अघि सो कार्यालयमा उपसचिव तहका श्यामप्रसाद न्यौपाने,लोकनाथ सापकोटाहरु कार्यरत रहेको उक्त कार्यलयमा तत्कालीन सचिवले अधिकारीलाई निमित्तको जिम्मेवारी दिएर पठाएको बर्ष दिन बितेको छ । अहिले उनै अधिकारीलाई हटाएर त्यहाँ मन्त्रालयले वनका बरिष्ठ उपसचिव रामकृष्ण राजधललाई पठाउन खोजिरहेको छ ।
सोही कार्यालयको प्रशासनिकतर्फ झण्डै २२ लाख बजेट रहेको छ भने एउटा ठूलो प्रोजेक्ट सञ्चालित छ, सो कार्यालयमा गण्डकी जलाधार जलवायू उत्थानशील आयोजना २९ करोड हाराहारी बजेट खेलाउन पाइने भएका कारण अहिले केही उपसचिवहरुको आँखामा परेसँगै अहिले आफूलाई हटाउन चलखेल भइरहेको,केही व्यक्तिहरु लागिरहेको प्रतिक्रिया दिएकी छिन्,विष्णुले कर्मचारी प्रेससँग ।१४ जना कर्मचारीको दरबन्दी रहेको सो कार्यालयमा जम्मा ९ जना जनशक्तिको भरमा सञ्चालित छ ।
बिज्ञापन
यस अघि उपसचिवहरुलाई फाल्ने वा थन्काउने कार्यालयको रुपमा चित्रित सो कार्यालयको कार्य प्रगति उच्च हुनु,वनका आकर्षक कार्यालयहरु जलेर खरानी हुनु,बजेट कटौती भएपछि जागिरे जीवनभर नरम कार्यालयमा बसेर काम नगरेका कर्मचारीहरुको आँखामा उक्त कार्यालय परेको र आफूलाई हटाउनका लागि चलखेल भइरहेको कारण आफूले मन्त्रालयका सचिवसमक्ष सरुवा रोक्न निवेदन दिएको विष्णुको भनाई छ । अधिकारीले वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र,विभागीय मन्त्री समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र नै लेखेर सरुवा प्रक्रिया तत्काल रोक्न निवेदन नै दिएकी छिन् ।

उनले प्रधानमन्त्री सुशीला कार्की र सचिव राजेन्द्र मिश्रलाई सम्बोधन गरेर लेखेको पत्रमा १७ बर्षदेखि आफू वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेर काम गरेको उल्लेख गर्दै उनले मन्त्रालयका बैठकहरुमा उच्च प्रशासकहरु फिल्डमा गएर चुनौतिपूर्ण कामको नेतृत्व गर्नुपर्दछ,सदैव सिंहदरबारमात्र बस्ने होइन भन्ने भनाई आउँदा आफू राष्ट्रपति चुरे तराई विकास संरक्षण समिति,सलकपुरमा जान चाहेकोमा मन्त्रालयले आफूले माग नगरेको संघीय जलाधार व्यवस्थापन केन्द्रमा खटाइएको उल्लेख गरेकी छिन् । बर्ष दिन अगाडिसम्म लो प्रोफाइल मानिने कार्यालयमा उपसचिव जान नमानेपछि आफूलाई त्यहाँ जर्वजस्त खटाइएकोमा सो कार्यालयको नेतृत्व सम्हाले यता कामको उच्च प्रगति रहेको उल्लेख गरेकी छिन्,विष्णुले । उनका अनुसार, गत आर्थिक बर्षमा सो कार्यालयको प्रगति विवरण ८४ दशमलव ६ प्रतिशत रहेको छ । महिलालाई फिल्डको प्रमुख हुने अवसर एक दुई जनालाईमात्र प्राप्त हुने हुँदा आफू सो कार्यालयको नेतृत्व लिएर आएको बर्ष दिन मात्र पुगेको कारण सरुवा अवधि समेत नपुगेको उल्लेख गर्दै सरुवा रोक्का गर्नका लागि निवेदन नै दिएकी छिन् ।
उनले आफू प्रशासनिक विकृती र विसंगती विरुद्ध डटेर सामाना गर्ने,विभागीय मन्त्रालय वन तथा वातावरण मन्त्रालयको सचिवबाट न्याय नपाए विभागीय मन्त्री तथा प्रधानमन्त्री सुशीला कार्कीसम्म पुग्ने चेतावनी दिएकी छन् ।
यस बिषयमा कर्मचारी प्रेसले वन मन्त्रालयका प्रशासन महाशाखा सम्हाल्दै आएका सहसचिव मिमांस अधिकारी र उपसचिव बाबुराम घिमिरेहरुसँग प्रतिक्रिया लिन खोज्दा दुबै सम्पर्कमा आउन खोजेनन् ।


























