१३ उपसचिवको सरुवा : ५ लाई प्रमुख प्रशासकीय,४ पुगे जिल्ला समन्वय समिति

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १३ जना उपसचिवहरुको सरुवा गरेको छ ।सरुवाको सूची अनुसार पाँच जना नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत,४ जनालाई जिसस,२ सामान्यको बरण्डा,१ गृह र एक भूमि मन्त्रालयमा पुगेका छन् ।

बिज्ञापन

मन्त्रालयले गरेको सरुवा सूची अनुसार,पाँच जना उपसचिवहरुलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको छ । यसरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउने उपसचिवहरुमा पाख्रिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालालाई सूर्याेदय नगरपालिका,इलाममा खटाइएको छ भने कमलामाई नगरपालिकाबाट विनोद भट्टराईलाई बेलका नगरपालिकामा खटाइएको छ । यस्तै,भेरीगंगाबाट कृष्णप्रसाद पोखरेललाई गुर्भाकोट नगरपालिका,म्याङलुङ नगरपालिकाबाट कृष्ण पोखरेललाई गुर्भाकोटमा पुर्याइएको छ । म्याङलुङनगरपालिकाबाट रविन कार्की पुगेका छन् । शिखर नगरपालिका डोटीबाट हरेन्द्र श्रेष्ठलाई खडक नगरपालिकामा पठाइएको छ ।
यस्तै,चार उपसचिवहरुलाई जिल्ला समन्वय समितिमा खटाइएको छ । जिसस पुगेका उपसचिवहरुमा सूर्याेदयबाट अमृत राई जिसस,झापा,बलवा नगरपालिकाबाट कमल कार्कीलाई जिसस,सर्लाही,संघीय मामिला तथा सामान्य प्रशासन उमेश रिजाललाई जिसस,पर्सा,शम्भुनाथ नगरपालिकाबाट शेरबहादुर भण्डारीलाई जिसस सिरहा पठाइएको छ ।
यस्तै मन्त्रालयले भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परेका केशव रिजाललाई सामान्यको बरण्डामा तानेको छ भने सामान्यको अतिरिक्त समूहबाट शेरबहादुर पुन गृह मन्त्रालयमा पुगेका छन् । शिवहरि पोखरेललाई सामान्यको अतिरिक्तमा ल्याइएको छ । ईश्वर आचार्य भूमि मन्त्रालयमा पुगेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

झण्डै स्वास्थ्यमन्त्री बनेकी डा मिश्राको भ्रष्टाचार मुद्धामा आज पनि सुनुवाइ

गृहमन्त्रीको ब्ल्याक लिस्टमा सुदन गुरुङ

कर्मचारीहरुलाई निर्देशन : सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थागत मर्यादा गर्नु

शाखा अधिकृतको परीक्षामा ८७ प्रतिशत परीक्षार्थी उपस्थित,१५ दिनभित्रै नतिजा प्रकाशन गरिने

यी हुन काठमाडौंमा खटाइएका निर्वाचन अनुगमन अधिकृत

गंगालालमै कुटपिट भएका चिकित्सक भन्छन्, ‘आक्रमण सहेरै पनि बिरामी आमाको ज्यान जोगाएँ’

क्यानका पूर्व महानिर्देशक प्रदीप अधिकारी थुनामै

बार्षिकोत्सव मनाएको भोलिपल्टै फेरियो टेलिकमको नेतृत्व

बिशेष