‘स्थायी डिजी’ :हाइप्रोफाइल कार्यालय नभेटे छटपटीमा पर्ने हाकिमहरु

के निजामती क्षेत्र भनेकै शक्ति र पैसा हुनेको मात्र हो ? चलखेलमा माहिर कर्मचारीहरु सधै आकर्षक अड्डामा काम गर्ने अवसर पाउने अनि शक्ति र पहुँच नपुग्ने कर्मचारीहरु दुर्गम भेगमै सडिरहनु पर्ने । उनीहरुले कहिले राम्रा र आकर्षक मानिने कार्यालयमा काम गर्ने अवसर नपाउने ।

बिज्ञापन

केही फष्ट क्लासका अफिसरहरुको जिद्धि उनीहरुले रोजे वा खोजेकै कार्यालय चाहिने । सकेसम्म राजधानीभित्रकै ए ग्रेडकै कार्यालय चाहिने,अन्यन्त्र जानै नमान्ने पछिल्ला समय निजामती वृत्तमा यस्ता ‘डन’ प्रवृत्तिका कर्मचारीहरुको बोलबोला बढ्न थालेको छ ।

बिज्ञापन

यस्का पछिल्लो उदाहरण हुन,उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली । ज्ञवाली यस अघि ठूला करदाता कार्यालय, काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको नेतृत्व गरे । सहसचिव भएर प्रदेशमा बसेर कहिल्यै काम गरेनन्,उनले । निजामतीमा सबैभन्दा बढी अवसर पाउने प्रशासकमध्ये पर्दछन्,ज्ञवाली ।
छात्रवृत्तिमा वैदेशिक अध्ययनको अवसर सबैभन्दा बढी लाभ उठाउने कर्मचारीमा तत्कालीन सचिव मधु मरासिनीपछि ज्ञवालीको नाम अगाडि आउँछ । जो शाखा अधिकृत हुँदादेखि उपसचिव हुँदासम्म गरी तीन पटक वैदेशिक छात्रवृत्ति पाइसकेका छन् । ०५८ सालमै छात्रवृत्ति पाए र इटालीबाट बौद्धिक सम्पत्ति कानुनमा एलएलएम गरेर फर्किए । सात बर्ष पछि फेरि अन्तर्राष्ट्रिय व्यापारमा दक्षिण कोरियाबाट स्नातकोत्तर गर्न गए । यस्का अलवा इजरायलको अलुम्नी युनिभर्सिटीबाट चार महिने कोर्स गर्ने अवसर पनि ज्ञवालीले नै पाए । रघुवीर महासेठका विश्वासपात्र भएर काम गरेका उनी महासेठ मन्त्री हुँदा सिँचाई हुँदै उर्जामा बसे । नेपाल ट्रष्टमा हुँदा गोकर्णको जग्गा प्रकरणमा मुछिन्छन् उनी । एउटै कर्मचारीले अफिसर हुँदा २ बर्ष,उपसचिव,दुई बर्ष सहसचिवलाई तीन बर्ष पढ्न पठाउनु हुन्छ ? एक पूर्व प्रशासक भन्दछन्,सहसचिवलाई लामो समय लामो अध्ययनमा पढाउनु नै गलत हो ।

उनीझैं आकर्षक अड्डामा बस्न नपाए अक्सिजन लगाएका विरामीझैं छटपटीमा पर्ने अर्काे सहसचिव छिन्, मतिना वैद्य खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बाहेक अन्यन्त्र बस्नै नमान्ने सहसचिव हुन वैद्य । लामो समय खाद्य प्रविधि मन्त्रालयको नेतृत्व गरेकी वैद्यलाई सरकारले कर्णाली प्रदेशमा खटाएको थियो तर त्यो सरुवालाई उल्टाएर भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय बाग्मती प्रदेशको सचिवका रुपमा केही समय काम गरिन । ०७१ देखी २०७६ सम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उपमहानिर्देशक हुँदै ०७६ देखी २०७७ सम्म सोही विभागको महानिर्देशक बनिन् । २०७७ देखी २०७८ सम्म कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशको सचिव बनेकी वैद्य ०७८ साल असोजमा फेरि विभागको महानिर्देशक बन्न पुगेकी उनलाई हटाएर ८१ भाद्रमा सरुवा गरेर सञ्जिवकुमार कर्णलाई विभागमा पठाइएको थियो । कर्ण फागुनमै सरुवा गराएर त्यहाँका स्थायी डिजीको रुपमा फेरि वैद्यलाई जिम्मेवारीमा लगिएको छ । वैद्यमाथि लकडाउनका वेला ७२ हजार किलो अखाद्य चिनी आयातमा चलखेल गरेको आरोपमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले अनुसन्धान अगाडि बढाएका थिए ।

बिज्ञापन

उनीहरुझैं अर्काे स्थायी डिजी छन्,नारायण प्रसाद ढकाल,जो अहिले औषधि व्यवस्था विभागको महानिर्देशकको कुर्सीमा छन् । ढकाललाई स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत मन्त्री हुँदा चौथौं पटक स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी दिएर पठाएका थिए । त्यस समयमा १६ महिनासम्म जिम्मेवारीविहिन अबस्थामा थिए । उनलाई त्यहाँ लैजादा भरत भट्टराईलाई राष्ट्रिय प्रयोगशालामा खटाइएको थियो । उपेन्द्र यादव,विरोध खतिवडा,भानुभक्त ढकाल लगायतका काँग्रेस इत्तरका मन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एउटा कोठामा बस्ने कुर्सी समेत नदिइ जिम्मेवारविहिन भएका उनी गगन थापा,उमेश श्रेष्ठ हुँदै मोहनबहादुर बस्नेत लगायतका काँग्रेसी खेमाका मन्त्री हुँदा औषधि व्यवस्था विभागको डिजी बन्न सफल भइरहेका कर्मचारी हुन ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले २९ असोज २०७७ मा क्याविनेटको निर्णय गराएर ढकाललाई हटाएर भट्टराईलाई महानिर्देशकमा नियुक्ति गरेका थिए । पछि गठबन्धन सरकार बनेको दुई महिना नपुग्दै भरत भट्टराईलाई हटाएर विवादित छविका नारायण ढकाललाई महानिर्देशक बनाइएको थियो । यस अगाडि ढकाल २०७३ भदौ ३१ देखि विभागको महानिर्देशकको जिम्मेवारीमा थिए । त्यो पनि बिभिन्न विवादमा मुछिएकाले तत्कालिन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले १५ असार २०७६ मा ढकाललाई महानिर्देशकबाट हटाएर पानबहादुर क्षेत्रीलाई निमित्त महानिर्देशक बनाएका थिए । यसरी एउटा कर्मचारी,सोही विभागको हर्ताकर्ता बन्न चाहनुको पछाडि कुन फ्याक्टरले काम गरेको होला ? उनी ८० जेठदेखि विभागको कुर्सीमा छन् ।
उसो त अर्काे सचिव शोभाकान्त पौडेललाई कहिल्यै नरम कार्यालयमा बस्नु परेको छैन ।प्रकाशशरण महत मन्त्री हुँदा बजेटको मुखमा त्यहाँका महानिर्देशक चक्रबहादुर बूढालाई पर्यटन सारेर महिनौ दिनसम्म नेतृत्वविहिन बनाइएको विभागको कमाण्ड पौडेललाई । उनलाई खानेपानी मन्त्रालयबाट अर्थमा तानेर बजेट लगतै भन्सारको डिजीका रुपमा खटाइएको हो । यस अघि ६ महिना आन्तरिक राजस्व विभागबाट महानिर्देशक चलाएका पौडेललाई सो जिम्मेवारी खोसेर केही महिना सामान्यको बरण्डामा थन्काइएको थियो । त्यहाँबाट खानेपानीमा पुगेका पौडेल ठूला करदाता कार्यालयको प्रमुख चलाए। सोही समयमा एनसेलको ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छली प्रकरणमा बाहिरिएको थियो । केही समय आन्तरिक राजश्व विभागको नेतृत्व गरेका उनी सचिव बढुवा पछि गण्डकी प्रदेशमा पदस्थापन भए पनि तीन साता नबित्दै संघमै फर्कन मात्र सफल भएनन्,महालेखाको जिम्मेवारी सम्हालिरहेका छन् ।
उनीहरुका अलवा अहिले काठमाडौंका प्रमुख जिल्ला अधिकारी चलाइरहेका ईश्वरराज पौडेल,श्रीकृष्ण नेपाल,उमेश ढकाल,कमल भट्टराईहरुलाई अवसरको खातमाथि खात र लाभ माथि लाभ उठाउने प्रशासकको रुपमा चिनिन्छ,निजामती वृत्तमा ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारले समायो अर्काे ठूला माछा

‘स्थायी डिजी’ :हाइप्रोफाइल कार्यालय नभेटे छटपटीमा पर्ने हाकिमहरु

उदाहरणीय सुशीला : दुबै हात छैनन्,खुट्टाले लेखेरै शाखा अधिकृत

आफू पनि खटाएको ठाउँमा नजाने, अरुलाई पनि नपठाउने !

पेशागत फाँटबाट को को चुनिए प्रतिनिधि ?

सच्याउला त सरकारले कर्मचारीको असमान मर्यादाक्रम ?

स्थानीय सेवा ऐन संशोधन गरी मंसिरभित्रै नियमावली ल्याइने

तत्कालीन मुख्यसचिवले ‘होल्ड’मा राखेको विवादित नियुक्ति सुमनराज अर्यालले गरे प्रमाणीत

बिशेष