उदाहरणीय सुशीला : दुबै हात छैनन्,खुट्टाले लेखेरै शाखा अधिकृत

सन्तान जन्मिँदा छरछिमेकमात्र होइन, गाउँभर हल्ला हुन्थ्यो । घरमा विशेष खुसियालीको माहोल छाउँथ्यो । तर, सुशिला ढकालको जन्म यस्तो अपवाद रह्यो कि घरमा खुसियाली होइन बरु चिन्ताको माहोल थपियो । चिन्ता थपिनुपर्ने कारण थियो जन्मँदै उनका दुवै हात थिएनन् । चार दशक अघि स्याङ्जाको मध्यम वर्गीय परिवारमा,तेश्रो सन्तानको रुपमा जन्मिएकी थिइन उनी । जन्मदै दुबै हात नभएकी उनी बाँच्लिन् भन्ने आश परिवार/आफन्त/छरछिमेकीले गरेनन् । तर, यी सब सोचको विपरित सुशीलाको स्वास्थ्य राम्रो हुँदै गयो, उनी जीवितै हुन्छिन् भन्ने परिवारको विश्वास बढ्दै गयो । भनिन्छ, ‘हरेक चोटले त्योभन्दा ठूलो अवसर बोकेर आएको हुन्छ । जन्मजात दुबै हात नभएका कारण गाउँलेहरु उनका पछि धेरै थरी कुरा काटे । गाउँघरमा सुनेकी थिइन्, अग्रजबाट– ‘विष नभएको सर्प । इख नभएको मान्छे काम छैन ।’जिन्दगीमा सबै चीज खानु तर हरेश नखानु सायद यही शव्दले उनलाई बचाइराख्यो । उनको इच्छा आकाक्षा र चाहनाहरुलाई मर्न दिइनन् ।

बिज्ञापन

६ वर्षको उमेर पुगेपछि गाउँकै कालिका प्राविमा बुवाले भर्ना गरिदिए । उनले खुट्टाका दुई औंला प्रयोग गरेर लेख्न सुरु गरिन् । तर, त्यो त्यति सहज थिएन । स्कुलमा बेन्चमा बसेर लेख्न मिल्दैनथ्यो । पछि बुबाले एउटा फराकिलो टेबल बनाइदिनुभयो, जसका कारण उनको लेखन अलिक सहज हुन थाल्यो । खुट्टाकै औंलाले सुशीलाले अरुले जस्तै लेख्न थालिन् । उनले मेहनत गरिन् र अरुलाई भेट्टयाएरै छाडिन् । कालिका स्कुलबाट प्रावि तह पूरा गरिन् । निम्न माध्यमिक तह रजस्थल उच्च माविमा पढिन् । रजस्थल उच्च माध्यमिकमा पढ्दा उनले इन्द्रेणी सपना देखेकी थिइनन् । समाजका सबै एकैनासका कहाँ हुन्छन र कोही दयाका भावले हेर्दथें कोही मायालु आँखाले । आखिर दया र माया भन्ने चिज पनि आकाश र जमिन जत्तिकै रहेछ । केही भन्दथे “विचरीलाई त पूर्वजन्मको श्राप लागेछ ।” मुटु चिमोट्ने यस्ता वज्र धेरै पटक उनका कानमा बर्सिए । यद्यपि आफूलाई सम्हाल्दै अगाडि बढिन । यस्ता तिखा शव्दहरुले उनलाई अझैं उर्जा दिन्थ्यो केही गर्नुपर्दछ र केही बन्नुपर्दछ । हिजोका त्यही काँडाझैं घोच्ने तिखा वचनले नै हो फेरिएको छ उनको परिचय फेरिएको छ,राष्ट्रसेवक कर्मचारीका रुपमा । तर,सुशीलालो यो स्थानसम्म पुग्नका लागि गरेको संघर्ष । जिन्दगीमा खाएका हण्डर–ठक्कर बेहिसाब छ ।

बिज्ञापन

दुबै हात नचले पनि रोकिएन उनको अध्ययनको गति । गाउँबाटै एसएलसी उत्र्तीण गरिन । ०५५ सालमा एसएलसी पार लगाएपछि सदरमुकाममा झरेर त्रिभुवन आदर्श क्याम्पस पढ्न थालिन् । प्रविणता प्रमाणपत्र तह अध्ययन गर्दै थिईन । उनको सोधी खोजी भयो काठमाडौं मैतीदेवीमा बसेर छात्रावास चलाइरहेकी सूर्योदय गल्र्स होस्टेल तात्कालिक वार्डेन विष्णु थापाबाट । थापाले होस्टल राखेर पढाउने र सबै खर्च आफैंले बेहोर्ने वचनवद्धता दिईन । त्यसपछि त के चाहियो मनका कुनामा साँचेर राखेको रहरथ्यो यो । उनी आफैं काठमाडौं भित्रिएर पढ्न चाहिन्थन् । तर अजंगको पहाड बनेर उभिएकोथ्यो आर्थिक अभाव । त्यही कारण मनका रहर मनमै गुम्साएर बसिरहेको अवस्थामा विष्णु उनका लागि ढुंगा खोज्दा देउता मिलेझैं भएर प्रक्रट भइन । पसिन काठमाडौ र डिल्लीबजार कन्या बहुमुखी क्याम्पस आईए दोस्रो वर्षमा भर्ना भइन् । २०५७ सालमा काठमाडौं आएकी सुशीलाले त्यति बेला नै कम्प्युटर सिक्न पनि थालिन् । विए पढ्दै गर्दा सुशीलाले नेपाल अपाङ्ग मानवअधिकार केन्द्रमा जागिर पाइन् । त्रि–चन्द्र क्याम्पस घन्टाघरबाट समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन पार लगाइन् । एलएलबी तेस्रो वर्षमा अध्ययनरत उनी स्नातकोत्तर पार लगाइन । दुबै हात नभएको मान्छे नीजि जागिर पाउने सम्भवना थिएन लहडै लहडमा भिडिन लोकसेवा आयोग । नायब सुब्बा तहमा । त्यो चुनौतीपूर्ण बाटोथ्यो ।

 

बिज्ञापन

अब्दुल कालमको एउटा भनाई छ, सना साना लक्ष्य लिएर बाँच्नु सबैभन्दा ठूलो अपराध हो । मान्छे लक्ष्य सानो भएर कोही बर्बाद हुँदैन । बर्बाद त त्यतिबेला हुन्छ लक्ष्य पनि सानो हुन्छ र त्यो पूरा हुनथाल्छ । यही कारण हो उनले कठिन बाटो रोजीन । ०६५ सालमा लोकसेवा आयोगले आवेदन खोल्दा नायब सुब्बाका लागि परीक्षा दिइन् । अंपागको कोटामा । अपांगमैत्री कम्प्युटर कक्षामा भर्ना भइन् । अन्य अपांग ५ जना उनका प्रतिष्प्रर्धी थिए । सबैलाई पछि पार्दै लोकसेवामा नाम निस्कियो । २०६६ वैशाख ९ मा नासुको नियुक्ति लिइन् । उनको पहिलो पोस्टिङ आन्तरिक राजस्व कार्यालय हेटौंडा, मकवानपुरमा भयो । नियुक्ति लिए पनि त्यहाँ गएर काम गर्न असम्भव भएकाले आन्तरिक राजस्व विभागमा अनुरोध गरेपछि आठ महिना ललितपुर काम गरिन् । त्यसपछि काजमा आन्तरिक राजस्व कार्यालय लाजिम्पाट सरुवा भइन् । खुट्टैले कम्प्युटर सिकिन । नायब सुब्बाले गर्नेजति काम खुट्टाले नै गर्छिन् । उनी कार्यालयको कर संकलन शाखामा बस्छिन्। सफ्टवेयरमार्फत कर संकलनको काम हुन्छ। उनी कम्प्युटरमा सफ्टवेयरमा कर संकलनको काम गरिरहेकी हुन्छिन्। अफिसका सबै काम सफ्टवेयर बेस हुन्छ । इन्टरनेटबाट डाटा अपडेट गर्छिन खुट्टाले । राजश्व विभागबाट काम सुरु गरेकी सुशीला केही समय ठूला करदाता कार्यालय हरिहरभवनमा कार्यरत रहिन र दुई बर्षदेखि आन्तरिक राजश्व महाराजगञ्जमा कार्यरत छिन् । भनिन्छ ‘हरेक चोटले त्यो भन्दा ठूलो अवसर बोकेर आएको हुन्छ ।’ जिन्दगीमा हामी एउटा ढोका बन्द भयो भनेर रुन्छौ,चिच्याउछौं, ‘डिप्रेस’ हुन्छौं । तर हाम्रै अगाडि रहेका अरु तीनवटा खुल्ला ‘द्धार’ हामी देख्दैनौं र त चुक्छौं जीवनमा ।

निजामती सेवामै पाइला राखेको एक दशकभन्दा बढी समय व्यतित भइसकेको छ । कहिलेकाँही सेवाग्राहीहरु आँउछन उनका दुबै हात नदेखे पछि यो कर्मचारीले के काम गर्ला र ? पहिला नाक खुम्चाएर हिडेकाहरु अन्यन्त्रै कोठमा चार्हछन् । त्यहाँबाट काम नबनेपछि अन्त्यमा उनकै कोठामा ठोक्किन आइपुग्छन् । उनका काम गराई,साहस र उर्जा देखेपछि भन्छन पनि हामीसँग हातखुट्टा दुवै भएर के गर्न सकेका छौं र तर तपाइँले त हातखुट्टा हुनेलाई प्रेरणा नै दिनुभएको छ ।

दुई बर्ष अघि राजश्व समूहका ७४ जना नासु तहका कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस भए । जेष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा भएको बढुवा सिफारिसमा राजश्व समूहतर्फको चौथो नम्बरमा सुशीलाको नाम सिफारिस भएको थियो । उनी शाखा अधिकृतको रुपमा पदस्थापन भएको २ बर्ष व्यतित भइसकेको छ ।

उनको सफलताको कथा पढेर आठ वर्षअघि दल थापा उनलाई खोज्दै कार्यालयमै पुगे दल । एउटै जिल्लाबासी । पेशाले होस्टल व्यवसायी । शेयर बजारका कारोवारी । त्यहीँ चिनजान भयो । सम्पर्क बाक्लिन थाल्यो । सुशीलाको संघर्षशील जीवनको प्रशंसा गरेर उनी थाक्दैनथे । त्यहीबीचमा उनीहरुबीच प्रेमको टुसा अंकुराउन थाल्यो । एक मनको नेटवर्क अर्काे मनसँग मिलेपछि मायाको कनेक्सन विवाहमा पुग्यो । ७० सालमा बाँधिए विवाह बन्धनमा । यिनै सुशीला एक लाख कर्मचारीहरुको भीडबाट उत्कृष्ठ ४० निजामती कर्मचारी बन्न सफल भईन निजामती सेवा दिवसका अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा सम्मान समेत थापिसकेकी छिन्,सुशीलाले । अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्दैनन् भनेर हेयका दृष्टिले हेर्नेहरू र सिंगो समाजलाई दरिलो झापड हानेकी छिन्,सुशीलाले ।

 यस्तै निजामतीमा सुशीलाझैं अनुकरणीय पात्र अरु पनि धेरै भेटिन्छन्, जस्तो सावित्रा काफ्ले र नविन मैनाली दुबै अफिसर हुन तर मेडिकलको भाषामा दृष्टिविहीन । सावित्री उच्च अदालत पाटनमा र नविन सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र वानेश्वरमा आन्तरिक प्रशासन शाखा कमाण्ड गर्दै आएका छन् । निजामती सेवाको उच्च ओहोदा (अफिसर) तहमा पुग्ने अपाङ्गताको सम्भवत यो पहिलो जोडी हुनुपर्दछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्थको सहमति विपरित सहरीले निकासा गर्यो पुर्ननिर्माण कोषको ११ करोड रकम

झण्डै स्वास्थ्यमन्त्री बनेकी डा मिश्राको भ्रष्टाचार मुद्धामा आज पनि सुनुवाइ

गृहमन्त्रीको ब्ल्याक लिस्टमा सुदन गुरुङ

कर्मचारीहरुलाई निर्देशन : सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थागत मर्यादा गर्नु

शाखा अधिकृतको परीक्षामा ८७ प्रतिशत परीक्षार्थी उपस्थित,१५ दिनभित्रै नतिजा प्रकाशन गरिने

यी हुन काठमाडौंमा खटाइएका निर्वाचन अनुगमन अधिकृत

गंगालालमै कुटपिट भएका चिकित्सक भन्छन्, ‘आक्रमण सहेरै पनि बिरामी आमाको ज्यान जोगाएँ’

क्यानका पूर्व महानिर्देशक प्रदीप अधिकारी थुनामै

बिशेष