पेशागत फाँटबाट को को चुनिए प्रतिनिधि ?

नेकपा एमालेको आगामी ११ औं महाधिवेशन यही पुस अन्तिम साता हुँदैछ । अन्य फाँटमा झैं पेशागत विशेष जिल्ला कमिटीको निर्वाचनमा समेत निर्वाचनप्रति उति रुची देखाएनन्,झण्डै ३६ सय सदस्य रहेको भनिएको उक्त फाँटबाट ६ सय हाराहारीमात्र मत खसेको छ अर्थात बुद्धिजीवि,कर्मचारीहरु रहेको उक्त फाँटबाट जम्मा १६ प्रतिशतमात्र मत खसेको छ । ३६ सयभन्दा बढी मतदाता रहेको पेशागत विशेष जिल्ला कमिटीमा निजामतीतर्फ १४ सय,वकिल २ सय तथा लेखापाल डेढ सय,सार्वजनिक संस्थानका कर्मचारीहरू लगभग ७ सय छन् । त्यसमा २ सय जना जति शिक्षक र त्यत्तिकै हाराहारीमा वकिलहरू छन् । प्राध्यापकहरूको संख्या ४ सयको हाराहारीमा रहेको यो क्लस्टरमा ३ सयजति स्वास्थ्यकर्मीसमेत रहेको बताइएको छ । यस्तै बैंक, वित्तीय संस्थान, राष्ट्र बैंकलगायत निकायमा कार्यरत कर्मचारीहरूको संख्यासमेत लगभग ५ सयको हाराहारीमा भएका कारण यो क्षेत्रलाई एमालेको क्रिम फोर्सका रूपमा हेरिँदै आएको छ । जहाँ प्राध्यापक, वकिल, पत्रकार, डाक्टर, इञ्जिनियरदेखि विभिन्न वित्तीय क्षेत्रमा काम गरिरहेकाहरूले महाधिवेशन प्रतिनिधि छान्दा शनिबार छुट्टीको दिनसमेत कूल मतदाताको १६ प्रतिशतमात्र सहभागिता जनाएको पाइएको हो । जसलाई एमालेजनहरु १४ नम्बर शाखा भन्दै आएका छन् ।

बिज्ञापन

उसो त जिल्ला जिल्लाको हालत पनि भिन्न छैन । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै गृह जिल्लामा साढे १८ हजार हाराहारी संगठित कार्यकर्ता रहेकामध्ये १२ हजार हाराहारीले मात्र मतदान गरे अर्थात ६६ प्रतिशतलेमात्र मतदानमा भाग लिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको गृहजिल्ला ओखलढुंगामा एमालेका ७ हजारभन्दा बढी संगठित सदस्यता रहेको दावी गरिदै आएको छ । जहाँबाट २१ प्रतिशत हाराहारीमात्र मत दिएर आफ्नो जिल्लाबाट महाधिवेशन प्रतिनिधि चुनेर पठाएका छन् ।

बिज्ञापन

पेशागत जिल्ला कमिटीबाट महाधिवेशन प्रतिनिधिका लागि पाँच जना खुला, एकजना युवा र दुई महिला गरी आठ जनाको कोटा तोकिएको थियो । काठमाडौंको माइतीघर हाइटस्थित पहिले एमाले केन्द्रीय कार्यालय रहेको स्थानमा भएको निर्वाचनमा खुलातर्फ लेखनाथ कोइराला,मोहनकुमार पराजुली,धर्मराज मैनाली,एस किरण,प्रयास साह,महिला कोटाबाट अणु धमला र प्रेरणा न्यौपाने,आशुतोष शर्माहरुको लिष्ट बाडिएको थियो ।

जसमध्ये लेखनाथ कोइरालाले ४४४ मत पाए भने वासुदेव शर्माले ३७४ मत ल्याए । ४१९ मत ल्याएर मोहन पराजुली विजयी भएका छन् । माओवादीबाट एमालेमा पसेका मधेसी मूलका प्रयास शाहले ४०९ मत पाउँदा ३७५ मत ल्याएर विजयी प्रेरणा न्यौपाने र ३६५ मत ल्याएर विजयी भएकी अणु धमला विजयी भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सार्वजनिक प्रशासनमा टिप्पणी आदेश: वैधानिक निर्णयको आधार, अभ्यासगत विश्लेषण र न्यायिक दृष्टिकोण

सात हजार निजामती कर्मचारी बिदामा,विवरण पठाउन मन्त्रालयको पत्र

कर्मचारीलाई भूमि मन्त्रीको निर्देशन – मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नु

शिक्षा मन्त्रालयले भन्यो : एउटै विद्यालयमा पटक पटक भर्ना शूल्क नलिनु

अन्तरिम सरकारको स्पष्टीकरण,बालेन सरकारद्धारा राजीनामा स्वीकृत

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरू

सामान्य प्रशासन मन्त्रीज्यूलाई एक कर्मचारीको खुल्ला पत्र

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुटको निर्णय : प्रतिलिटर कति हुन्छ सहुलियत ?

बिशेष