बैकुण्ठ अर्याल : विद्यालय निरिक्षकदेखि सचिवसम्म

सरकारले बैकुण्ठ प्रसाद अर्याललाई बढुवा गरेको छ ।  केही बेर अघि बसेको मन्त्रिपरिषद्का बैठकले बैठकले अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

अर्यालको नाम सचिव बढुवाका एकल सिफारिस भएको थियो । गत साता बसेको सचिव बढुवा सिफारिस समितिले एकल बढुवा सिफारिस गरेको अर्याललाई आज बसेको क्याविनेटले सचिवमा उकालेको हो ।

बिज्ञापन

चार पटकसम्म नाम सिफारिस भएर सचिव हुन सकेका थिएनन् । निजामती सेवा ऐन अनुसार कार्यसम्पादन मूल्याङ्कन अन्तरगत ८० प्रतिशतका आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठताका आधारमा २० प्रतिशतबाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुरुप अर्यालको नाम सिफारिस भएकोमा आज बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सचिवमा बढुवा गरेको हो ।

२०५३ सालमा रुकुमबाट विद्यालय निरिक्षकका रुपमा सेवा प्रवेश गरेका अर्याल ०७१ सालमा सहसचिव भएका हुन् अर्याल हाल हाल सूदुरपश्चिम प्रदेशको कामु प्रमुख सचिव पदमा कार्यरत छन् । यस अघि चार पटकसम्म लगातार बढुवाका लागि सिफारिस भएका थिए । शिक्षा सेवाका अर्यालको नाम यस अघि सोही सेवाका कृष्णप्रसाद काप्रीसँगै उनको समेत नाम सिफारिस भएको थियो । गत १० मंसिरमा एकै पटक मुख्य सचिव एकनारायण अर्याल र गोकर्णमणि दुवाडी अवकाशमा गएसँगै रिक्त हुन पुगेको दुई सचिवमध्ये एक पदमा बढुवाका लागि अर्यालको नाम सिफारिस भएको हो ।
यस अघि बरिष्ठतामा अगाडि भएर पनि गोकर्णमणि दुवाडी,रघुराम विष्ट,डण्डु घिमिरेहरु यसैगरी बढुवा भएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

हिमशृङ्खला एकेडेमीले मनायो ३१औँ स्थापना दिवस

ललितपुर मालपोत प्रमुखको सरुवा सदर,भक्तपुरका प्रमुख र सुव्वाको सरुवा बदर

कर्मचारीको नियमित सरुवा स्थगित

प्रसाई र सरकारबीच सहमति : कर्मचारीको तलब २० हजार बढाउने विषयमा सरकार सकारात्मक

सञ्चार सचिव अर्याल र महिला सचिव बस्नेत अदलीबदली

बर्ष दिन पछि सीटीईभीटीले पायो उपाध्यक्ष

फेरि अर्काे आयोग गठन,संयोजक तोकिए पूर्व न्यायधीश

मन्त्रिपरिषदको बैठक जारी

बिशेष