सचिव बढुवाका लागि अर्यालको नाम एकल सिफारिस

वरिष्ठ सहसचिव बैकुण्ठ अर्यालको नाम सचिव बढुवाका लागि सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वैकुण्ठप्रसाद अर्यालको नाम एकल सिफारिस गरेको हो ।

बिज्ञापन

२०५३ सालमा रुकुमबाट विद्यालय निरिक्षकका रुपमा सेवा प्रवेश गरेका अर्याल ०७१ सालमा सहसचिव भएका हुन् अर्याल हाल हाल सूदुरपश्चिम प्रदेशको कामु प्रमुख सचिव पदमा कार्यरत छन् । यस अघि चार पटकसम्म लगातार बढुवाका लागि सिफारिस भएका थिए । शिक्षा सेवाका अर्यालको नाम यस अघि सोही सेवाका कृष्णप्रसाद काप्रीसँगै उनको समेत नाम सिफारिस भएको थियो ।

बिज्ञापन

तीन पटकसम्म नाम सिफारिस भएर सचिव हुन सकेका थिएनन् । निजामती सेवा ऐन अनुसार कार्यसम्पादन मूल्याङ्कन अन्तरगत ८० प्रतिशतका आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठताका आधारमा २० प्रतिशतबाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुरुप अर्यालको नाम सिफारिस भएको हो ।

गत १० मंसिरमा एकै पटक मुख्य सचिव एकनारायण अर्याल र गोकर्णमणि दुवाडी अवकाशमा गएसँगै रिक्त हुन पुगेको दुई सचिवमध्ये एक पदमा बढुवाका लागि अर्यालको नाम सिफारिस भएको हो ।
यस अघि बरिष्ठतामा अगाडि भएर पनि गोकर्णमणि दुवाडी,रघुराम विष्ट,डण्डु घिमिरेहरु यसैगरी बढुवा भएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, यस्ता छन् क्याविनेटका अरु निर्णयहरु

बालेन्द्र शाह नेतृत्वको सरकारलाई कर्मचारी युनियनको बधाई: संघीय निजामती ऐन र वृत्ति विकासमा जोड

यस्तो छ मन्त्रीहरुको वरियता

पत्रकारिता पृष्ठभूमिकी रावलको काँधमा कर्मचारी र भूमि प्रशासनको जिम्मेवारी,के के छन् चुनौती ?

निजामती प्रशासनभित्रका कुनै समूह वा अभियानलाई हाम्रो समर्थन छैन : रास्वपा

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : राजश्व अनुसन्धान विभागसहित १५ ऐन खारेज

६ मन्त्रालयहरु एक आपसमा गाभिने

यी हुन बालेन सरकारका सारथी

बिशेष