सहरी विकास मन्त्रालयका सहसचिव रविन्द्र बोहरालाई व्यापक विवाद, अनियमितता र ठूला दातृ निकायको परियोजना हाँकाहाँकी प्रश्न उठिरहँदा पनि सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक बनाइएका छन्।
बिज्ञापन
बिज्ञापन
विश्व बैंक सहयोगको नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना (NUGIP) मा परामर्शदाता छनोटका क्रममा २० करोडभन्दा बढी अनियमितता गरेको आरोप लागिरहेका बेला बोहरा विभागको नेतृत्वमा नियुक्त भएका हुन्।
सहरी विकास मन्त्रालय भित्रका स्रोतका अनुसार आयोजित परामर्शदाता छनोट प्रक्रियामा बोहराले एक कन्सल्टेन्सीसँग मिलेमतो गरी ११ करोडमा काम गर्न इच्छुक कम्पनीलाई हटाएर २४ करोड कबोल गर्ने कम्पनीलाई दिन सेटिङ मिलाएका थिए। यसअघि पनि NUGIP का दुई प्याकेज मिलाएर ८२ करोडको परामर्श सेटिङको कम्पनीलाई दिने क्रममा गोप्य क्राइटेरिया चुहावट भएको उजुरी संसदको विकास समितिमा परेको थियो।
बिज्ञापन
विकास समितिले योजना रोक्न निर्देशन दिए पनि, नेकपा–एसका नेताहरूलाई करिब २ करोड रुपैयाँ घुस दिइ समितिका सभापति कल्याणी खड्कामार्फत छानबिन रोकिएको आरोप मन्त्रालयभित्रै उठ्दै आएको छ।
उक्त प्रक्रियामा ६० करोडमा हुन सक्ने काम ८२ करोडमा दिएर २० करोडको घोटाला भएको उजुरीमा उल्लेख छ।सम्बन्धित इन्जिनियरको बायोडाटामा कैफियत देखाउँदै पुनः आर्थिक प्रस्ताव मागिएको प्रसंगमा पनि बोहराले फेरि सेटिङकै कम्पनीलाई दिन प्रयास गरेको आरोप छ।
यसअघि ११ करोड बराबरको प्रस्ताव ल्याएको कम्पनीलाई हटाएर आफ्नै नजिकको कन्सल्टेन्सीलाई करिब दोब्बर रकममा दिने तयारी गरिएको स्रोत बताउँछ।
असारमा विकास समितिमा परेको उजुरी अनुसार,NUGIP/UDST आयोजनामा PMST (करिब ६० करोड) र UDST (२२ करोड) परामर्श छनोटका लागि बनाइएको गोप्य मूल्यांकन प्रणाली नै बोहराले सम्वन्धित कम्पनीलाई अगाडि नै उपलब्ध गराएको आरोप छ।
यसरी गोप्य क्राइटेरिया चुहावट भएपछि परामर्शदाता छनोट प्राकृतिक रूपमा नभई पहिले नै तय गरिएको कम्पनीलाई फाइदा पुग्ने ढंगले गरिएको उजुरीमा उल्लेख गरिएका छन्।
सहरी विकास मन्त्रालयभित्र सहसचिव बोहरा अघिदेखि नै नै एडिबी, वर्ल्ड बैंक लगायतका दातृ निकायका आयोजनामा अस्वाभाविक प्रभाव जमाएर आएका अधिकारीका रूपमा चिनिन्छन्।
अकूत सम्पत्ति आर्जन, दातृ निकायको प्रोजेक्टमा हालीमुहाली, मिलेमतो–प्रभाव र राजनीतिक पहुँचका कारण बोहरा ‘चतुर खेलाडी’ का रूपमा मन्त्रालयमा चर्चा हुने गरेको छ।
स्रोतका अनुसार कर्मचारी प्रशासन महाशाखाका प्रमुख नारायण प्रसाद मैनाली विदेश गएको मौका पारेर बोहरा महानिर्देशक बन्न सफल भएका हुन्। मन्त्रालयभित्र अहिले ‘सिनियर सहसचिवलाई बायस गरेर बोहरालाइ महानिर्देशक बनाइयो’ भन्ने आलोचना चर्किएको छ।
रोलक्रम अनुसार महानिर्देशक बन्न अझै समय लाग्ने भएपछि उनले सचिव गोपाल सिग्देललाई समेत मोटो रकम बुझाएर महानिर्देशक बनेको मन्त्रालयमा चर्चा रहेको छ। उक्त विषयमा बुझ्न सचिव गोपाल सिग्देललाई सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् ।
लगातार विवाद, अनियमितता, संसदसम्म पुगेको उजुरी र दातृ निकायका कार्यक्रममा दुरुपयोगका आरोपबीच सहसचिव रविन्द्र बोहरा सबैभन्दा संवेदनशील विभाग—सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक बनेसँगै मन्त्रालयभित्रै निक्कै ठूलो असन्तुष्टि छाएको छ।
मन्त्रीस्तरीय पहुँच, राजनीतिक सेटिङ र आर्थिक चलखेलकै आधारमा यस्तो नियुक्ति गरिएको आरोप मन्त्रालयभित्र अझै चर्किँदै गएको छ।
अटेरी सहसचिव कुलमानद्धारा पुरस्कृत : बरियता मिचेर विवादित बोहरालाई महानिर्देशक
परामर्शदाता छनौंटमा गम्भीर चलखेल गरेका सहसचिवलाई कुलमानको उपहार :बनाए महानिर्देशक
अटेरी सहसचिव कुलमानद्धारा पुरस्कृत : बरियता मिचेर विवादित बोहरालाई महानिर्देशक


























