नेपाल वायुसेवा निगमका महाप्रवन्धक पदका लागि १६ जनाको आवेदन दिएका छन् ।
महानिर्देशक बन्ने चाहना राख्नेमा टंकनिधि दाहाल, योगराज शर्मा कँडेल, डा दीपकप्रकास बास्तोला, भिमबहादुर चन्द, सन्तुष्ट कुमार बस्नेत, रघुनाथ विडारी, आशिष थापा, इन्जिनियर अभिनव कार्की, क्याप्टेन वेदप्रसाद उप्रेती, विष्णुबाबु मिश्र लगायत रहेका छन् ।
बिज्ञापन
यसरी आवेदन दिनेहरुम हवाईक्षेत्रमा जानकार, विज्ञ, वायुसेवा निगमकै निर्देशक,पूर्व कर्मचारीहरु रहेका छन् । आवेदन दिनेमध्येका दाहाला निगमका मार्केटिङ विभागका निर्देशक हुन भने हवाई विज्ञ हुन । यस्तै बास्तोला नेपाल आर्मीको हवाई उडान विभागका काम गरिसकेका अनुभवी व्यक्ति हुन ।
बिज्ञापन
निगममा रिक्त रहेको महाप्रवन्धक पदपूर्तिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छनोट समिति बनेको छ । मन्त्रालयले गत कार्तिक २७ गते १५ दिनको म्याद तोकेर विज्ञापन खुलाएकामा १६ जनाले आवेदन दिएका समितिले जनाएको छ ।
छनोट समितिले आवदेकहरुमध्येबाट तोकिएको शर्त पालना गरेहरुलाईलाई सर्ट लिष्ट गर्ने र कार्यपत्र प्रस्तुतीसहित अन्तरवार्ताको प्रक्रिया पूरा गरेर उपयुक्तमध्ये तीन जनाको नाम सिफारिश गर्ने छ । यो समितिले सिफारिस गरेकामध्येबाट एक जनालाई सरकारले निगमको आगामी ४ वर्षका लागि कार्यकारी प्रमुख अर्थात महाप्रवन्धक पदमा नियुक्त गर्ने छ ।


























