कर्मचारी सरुवामा हिस्सा खोज्दै सुदन समूह

‘हानौंला झैं आउँछन् । अनि सम्झाएपछि फतक्कै गल्छन्’पछिल्लो समय देशलाई आफ्नै वरिपरी घुमाइरहेका सुदन गुरुङबारे एक सरकारी अधिकारीको भनाइ हो यो ।’ आउँछन्, आफ्नो कुरा सीधासाधी राख्छन् । गरिहाल्नुस् हामी धेरै पर्खिन सक्दैनौं भन्छन् अनि हिँडी पनि हाल्छन् । हो, यस्तै छन् सुदन जसलाई धेरे कुरा थाहा छैन । थाहा भएको भए संविधानै खारेज गर्न मन छ, तर के गर्नु ? कालापानी, लिम्पियाधुरा उता पर्छ, के गरौँ, के गरौँ, दोधारमा छु भन्दैन थिए,’ उच्च स्रोत भन्छ, ‘बोलीमा लगाम नभए पनि उसको मनचाहिँ सफा छ ।’

बिज्ञापन

कहिले प्रधानमन्त्री हटाउने कुरा गर्दछन् त कहिले गृहमन्त्री ओमप्रकाश अर्याललाई जिम्मेवारीबाट हटाउने बिषय उठाउँछन् । भदौ २३ गतेको प्रदर्शनमा पानी बाँड्ने भूमिकाबाट रातारात जेनजी अगुवा बनेर उदाएका ‘हामी नेपाल’ एनजिओका संस्थापक सुदन गुरुङ गैरराजनीतिक अभिव्यक्तिका कारण चर्चा र विवादमा आइरहने पात्र हुन । उनै सुदनका गतिविधिलाई नजिकबाट हेरिरहेका एक उच्च सरकारी अधिकारी भन्छन्,स–साना घटनाले पनि उद्धेलित भैहाल्ने स्वभाव रहेछ उनको । मनमा लागेका कुरा फ्याट्ट बोलिहाल्ने, भाषा र प्रस्तुति मिलाएर तर्क–वितर्क र बहस नगर्ने, औपचारिक बैठक/छलफलमा पनि ठाडो बोल्ने उनलाई प्रक्रियासँग मतलव छैन, आफूले चाहेजस्तो परिणाम खोज्छन् ।

बिज्ञापन

त्यही कारण त सुदन गुरुङ्गले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई ‘जुम्रा मारेर र कुरा काटेर नबस्न’ निर्देशन दिए त्यो पनि शीतलनिवासमा । शपथ ग्रहण सकेर निस्किने क्रममा महिला सचिवको अगाडि उभिएर ‘अब काम गर्ने, जुम्रा मारेर र कुरा काटेर बस्ने होइन भन्दै फर्किए ।

अहिले यही समूह कर्मचारी सरुवाको हिस्सा खोज्दै छ । सुशासनका लागि दलतन्त्रविरुद्ध विद्रोह गरेको भन्ने जेनजीहरू नै कर्मचारी सरुवा, बढुवामा भाग खोज्दै मन्त्रीदेखि सचिव,सहसचिवहरुलाई दिक्क लगाउन थालेका हुन ।

बिज्ञापन

हालै मात्र निवृत्त भएका मुख्य सचिव एकनारायण अर्यालसँग गुरुङ समूहका ओजस्वी थापा, अनिल बानियाँ र भावना राउतले कर्मचारी सरुवाको विषय उठाएको बताइन्छ । यसरी सिंहदरबार धाउनेलाई सचिवहरूले भने नीतिगत र कानुनी अप्ठ्‌यारा देखाउँदै सम्झाइबुझाइ फर्काइएको थियो ।

यो समूहले विभिन्न मन्त्रालयका सचिव,सहसचिवहरुसँग कर्मचारी सरुवामा रुची देखाए पछि पूराना पार्टीले जस्तै कर्मचारीलाई राजनीतिकरण गर्ने हो भने उनीहरू र हामीबीच के फरक भयो र ? भनेर सम्झाएर पठाइएको थियो ‘अर्काे एक सचिवले बताए । त्यसरी सम्झाएर पठाएपछि यो समूह फेरि कर्मचारी सरुवामा हिस्सा खोज्दै आएको छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, यस्ता छन् क्याविनेटका अरु निर्णयहरु

बालेन्द्र शाह नेतृत्वको सरकारलाई कर्मचारी युनियनको बधाई: संघीय निजामती ऐन र वृत्ति विकासमा जोड

यस्तो छ मन्त्रीहरुको वरियता

पत्रकारिता पृष्ठभूमिकी रावलको काँधमा कर्मचारी र भूमि प्रशासनको जिम्मेवारी,के के छन् चुनौती ?

निजामती प्रशासनभित्रका कुनै समूह वा अभियानलाई हाम्रो समर्थन छैन : रास्वपा

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : राजश्व अनुसन्धान विभागसहित १५ ऐन खारेज

६ मन्त्रालयहरु एक आपसमा गाभिने

यी हुन बालेन सरकारका सारथी

बिशेष