संघीयता पूर्णरुपमा कार्यान्वयन नहुँदा प्राकृतिक स्रोतको परिचालनमा समस्या आयो: मुख्यसचिव अर्याल

काठमाडौं । संघीयता पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा प्राकृतिक स्रोतको परिचालनमा विभिन्न समस्याहरु देखा परेको मुख्यसचिव एकनारायण अर्यालले बताएका छन् ।

बिज्ञापन

आइतबार नेपाल कानून समाज र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयद्धारा आयोजित कार्यविस्तृतीकरण प्रतिवेदनलाई कार्यान्वयन गर्न सहयोग पुर्याउने उद्देश्यले प्राकृकित स्रोत व्यवस्थापन विषय अन्तर्गत वन तथा वातावरण, खानी र जलस्रोत विषयमा अन्तरक्रिया कार्यक्रममा उनले प्राकृतिक स्रोतको बाडफाडको हिसाबमा सरलता दिन नसकिएको बताएका हुन् ।

बिज्ञापन

उनले भने, ‘प्राकृतिक स्रोतको बाडफाडको हिसाबमा जुन सरलता पाउनुपर्थ्यो त्यो दिन सकिएन किनभने हामीले संघीयता जनताकै घरदैलोमा सेवा पुर्याउने भनेर ल्याएको तर संघीयता पूर्णरुपमा कार्यान्वयन हुन नसक्दाखेरी अहिले विभिन्न समस्याहरु देखा परेका छन् ।’

उनले नेपालको संविधानमा अनुसुचिहरुमा प्राकृतिक स्रोतको बाडफाड र परिचालनको विषय मात्र नभई धेरै विषयहरुमा स्पष्ट नभएको बताए ।

बिज्ञापन

‘संविधानका अनुसुचिहरुमा सेवा प्रवाहमा विषयहरुसँगै प्राकृतिक स्रोतको बाडफाड र परिचालनको विषय मात्र हैन धेरै विषयहरुमा जनतालाई सुविधा दिन सकिएन किनभने हामीले प्रवाह गर्ने सेवाहरु नक्कली भयो । जनताले सेवा कहाँबाट पाउने स्पष्ट छैन,’ उनले भने ।

उनले प्रदेश र स्थानिय तहरुले प्राकृतिक स्रोतहरुको उपयाग गरी आफ्नो काम गर्दै गर्दा संविधानका अनुसुचीहरु स्पष्ट नरहेको भन्दै संविधान संशोधन गर्नुपर्ने देखिएको बताए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चेतनाको अन्तरदृष्टि: आत्म–सत्यको खोज

रमेश अर्याल राष्ट्रिय जीवन बीमा कम्पनीको अध्यक्ष नियुक्त

संघीयता पूर्णरुपमा कार्यान्वयन नहुँदा प्राकृतिक स्रोतको परिचालनमा समस्या आयो: मुख्यसचिव अर्याल

सशस्त्र प्रहरीको प्रवक्तामा डिआइजी थापा

लोकप्रियताका आडमा छोपिएका कुलमान घिसिङका दर्जनौं अनियमितता

निर्वाचनका लागि ८० करोडको गाडी किन्दै सरकार

सर्वाेच्चका करारका कर्मचारीलाई सचिवसरहको सुविधा,नातेदारले भरिए प्रधानमन्त्री सचिवालय

राप्ती प्रतिष्ठानमा प्राथमिक स्वास्थ्य सेवामा पीएचडी कार्यक्रम सन्चालनको तयारी

बिशेष