प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् आह्वान गरेकी छिन्। बैठक सिंहदरबारस्थित कार्यालयमा दिउँसो दुई बजे बस्ने जानकारी दिइएको छ।
बिज्ञापन
सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको भए पनि हिजो बैठक बसेको थिएन । हिजो राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो । सो बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेना परिचालन गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औँ बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न संविधानको धारा २६६ को उपधारा (१) बमोजिम सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
बिज्ञापन
यसअघि गत मंसिर ३ मा बसेको केन्द्रीय सुरक्षा समितिले एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ स्वीकृत गर्दै सेनाको परिचालनको सिफारिस गरेको थियो, जसमा करिब ७९ हजार नेपाली सेना, ७२ हजार नेपाल प्रहरी, ३३ हजार सशस्त्र प्रहरी र १,३०,००० अस्थायी प्रहरीको परिचालनको व्यवस्था थियो।
आजको बैठकले सेना परिचालन गर्ने निर्णय गर्ने तयारी छ।


























