मन्त्रिपरिषद्को बैठक बस्दै,निर्वाचनमा सेना परिचालनको निर्णय गर्ने

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् आह्वान गरेकी छिन्। बैठक सिंहदरबारस्थित कार्यालयमा दिउँसो दुई बजे बस्ने जानकारी दिइएको छ।

बिज्ञापन

सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको भए पनि हिजो बैठक बसेको थिएन । हिजो राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो । सो बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेना परिचालन गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औँ बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न संविधानको धारा २६६ को उपधारा (१) बमोजिम सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

बिज्ञापन

यसअघि गत मंसिर ३ मा बसेको केन्द्रीय सुरक्षा समितिले एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ स्वीकृत गर्दै सेनाको परिचालनको सिफारिस गरेको थियो, जसमा करिब ७९ हजार नेपाली सेना, ७२ हजार नेपाल प्रहरी, ३३ हजार सशस्त्र प्रहरी र १,३०,००० अस्थायी प्रहरीको परिचालनको व्यवस्था थियो।

आजको बैठकले सेना परिचालन गर्ने निर्णय गर्ने तयारी छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एम्बुलेन्समै तस्करीको धन्दा : रसुवामा ७० लाखभन्दा बढीको चिनियाँ चुरोटसहित चार जना पक्राउ

सेनाको ब्यारेकभित्र जो पनि छिर्न थालेपछि..

वाइडबडी घोटालाको छानबिन गर्न सहसचिव डंगोलको संयोजकत्वमा समिति गठन

निजामतीमा कति छन नक्कली प्रमाणपत्रधारी ? बर्ष दिनमै थपियो ५४२ उजुरी

१९ वर्षको प्रतीक्षा : नायव सुब्बाको वृत्तिविकासमा अवरोध र सुधारको अपरिहार्यता

उल्टो बयान दिएपछि सरकारी साक्षीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

मन्त्री इङ्नामको अनुभव : भूमिभन्दा सहरीका कर्मचारी भ्रष्ट

महानिर्देशक पोखरेलको पहल: राष्ट्रिय कितावखानाको ई–पेन्सन प्रणालीले ल्यायो प्रशासनिक क्रान्ति

बिशेष