सडक विभागले एकै लटमा ११९ जना इञ्जिनियरहरुको सरुवा गरेको छ ।
विभागले सडक विभाग अन्तर्गत रहेका शाखा अधिकृत वा सो सरहका ११९ जना इञ्जिनियरहरुको सरुवा गरेको हो ।
बिज्ञापन
सरुवाको सूची अनुसार,सीना अवाललाई सडक सुरक्षा ट्राफिक शाखाबाट हुलाकी राजमार्ग आयोजना,निर्देशनालयमा लगिएको छ भने सागर पन्थी सडक विभाग पुलमा,लोमश उपाध्याय मदन भण्डारी,राजमार्गे योजना,सुर्खेत,सजीत शर्मालाई सडक डिभिजन,काठमाडौं,सजना पोखरेल सडक विभाग,पुल मा ल्याइएको छ ।
बिज्ञापन
विभागले ११९ इञ्जिनियरहरु चलाउँदा १९ जनालाई सडक विभाग पुलमा राखेको छ भने शंकर खनाल डिभिजन सडक भक्तपुर,सजीत शर्मा डिभिजन सडक काठमाडौं,प्रविना ज्ञवालीलाई पोखरा,निज्जल श्रेष्ठ एडिबी आयोजना,सन्तोष साह पुल सेक्टर,काठमाडौं,सन्जि कुमार दास डिभिजन सडक,विराटनगर,भरत श्रेष्ठ पुष्पलाल मध्यपहाडी आयोजना,रविन खड्का सडक डिभिजन,ललितपुरमा खटाइएको छ ।
यस्तै,सडक डिभिजन हेटौंडामा गिरीश नन्दनलाई पठाइएको छ ।


























