मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
बिज्ञापन
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता तता सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
बिज्ञापन
‘नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ,’ मन्त्री खरेलको भनाइ छ । यो अध्यादेश सुरक्षासम्बन्धी रहेको जानकारहरु बताउँछन् ।
विशेष सेवा ऐन अध्यादेशमार्फत संशोधन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको मन्त्री खरेलले बताए। राष्ट्रिय अनुसन्धान विभाग९गुप्तचर०लाई प्रधानमन्त्री कार्यालयबाट गृह मन्त्रालयमातहत लगिएपछि सोहीअनुसार ऐन संशोधन भएको हो। ऐनमा प्रधानमन्त्री कार्यालय राखिएका ठाउँमा गृह मन्त्रालय राखेर ऐन संशोधन प्रक्रिया अघि बढेको हो।


























