मन्त्रिपरिषद्को निर्णयको विरोधमा सचिव,हकारे अर्थमन्त्रीले

नेपाल सरकारको सचिव भनेको सरकार तथा मन्त्रिपरिषद्बाट भए गरेका कतिपय निर्णयहरु कार्यान्वयन गराउने जिम्मेवार प्राप्त कर्मचारी हो । तिनै कर्मचारी जेनजी सरकारको बलमा बनेको मन्त्रिपरिषद्को निर्णयविरुद्ध उत्रिएपछि मन्त्रीले हप्काएका छन् ।

बिज्ञापन

पूर्वमन्त्री प्रकाशमान सिंहले रोजेर लगेका र उनी र उनका स्वकीय यूपी लामिछानेका इच्छा अनुसार एक लाखदेखि करोडौंका टुक्रे योजनामा बजेट राखेर आलोचित भएका उनै सचिव गोपाल सिग्देल शहरीको बजेट काटिएपछि बैठकमा तीतो पोखेका हुन । चालु आर्थिक बर्षमा शहरी विकास मन्त्रालयको बजेट २७ प्रतिशतले बढाएर १ खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ पुर्याइएको थियो ।

बिज्ञापन

तर रामेश्वर खनालले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेसँगै सबैभन्दा बढी बजेट सोही मन्त्रालय अर्थात शहरी विकासको ६३ अर्ब ९६ करोड २५ लाख कटौतीमा परेको थियो । विकासे मन्त्रालय मानिएको भौतिकको १९ अर्ब १२ करोड ८९ लाख ३५ हजार,खानेपानी १३ अर्ब ९५ करोड ५३ लाख बजेट कटौतीमा परेको थियो । असोज ६ को मन्त्रिपरिषद् बैठकले पनि केही आयोजनाको बजेट कटौति गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सरकारले विभिन्न करिब एक दर्जन विकासे मन्त्रालय अन्तर्गतका आयोजनाको १ खर्ब १४ अर्ब १० करोड बजेट कटौतीमा परेको थियो । सरकारले सोही बजेट कटौती गरेको झण्डै दुई महिना पछि आयोजित एक बैठकमा सचिव गोपाल सिग्देलले तीतो पोखेका हुन ।

हिजो प्रकाशनमानका बुवादेखि आमाका नाममा दर्जनौं टुक्रे योजानमा १ लाखदेखि ३ करोडसम्म बजेट खन्याइएको थियो । रामेश्वरले शहरीका ६१ अर्ब ७६ करोड रुपैयाँबराबरको २ हजार १ सय खुद्रे योजनाको बजेट रोक्का गरिदिएकै कारण सरकार,अर्थमन्त्री रामेश्वर खनालको गतिविधिप्रति तीतो पोखेका थिए शहरी सचिव गोपाल सिग्देलले । यो घटना हो गत २८ कार्तिकको । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ मा प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने भनिएको २ सय वटा नयाँ झोलुङगे पुल निर्माण गर्ने, १ सय वटा झोलुङगे पुलको मर्मत सम्भार गर्ने, ४० वटा नयाँ सडक पुल निर्माण गर्ने, ३० वटा सडक पुल निर्माण गर्ने, २४९ वटा सिंचाई आयोजना सम्पन्न गरी ३ हजार ७ सय हेक्टर जमिनमा सिंचाई सुविधा उपलब्ध गराउने कार्यक्रम रोक्कामा गरेको थियो । असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले खर्च कटौती गर्न तीन करोड रुपैयाँसम्मका टुक्रे आयोजनाहरू रोक्का गर्ने निर्णय गरेको थियो । खर्च कटौतीअन्तर्गत अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयहरूबाट १ खर्ब २० अर्ब बजेट रोक्का हुँदा सबैभन्दा धेरै सहरी विकास मन्त्रालयको सबैभन्दा बढी २ हजार १ सय खुद्रे योजनाको ६१ अर्ब ७६ करोड बजेट रोक्का भएसँगै सचिवले उक्त बैठकमा असन्तृष्टि पोखेका थिए ।

बिज्ञापन

सो दिन आयोजित चालु आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनबारे आयोजित बैठक राखिएको थियो । प्रधानमन्त्री,मन्त्रीहरु,मुख्य सचिवसहित सचिवहरु सम्मिलित बैठकमा यही तीतो पोख्दा मन्त्री रामेश्वर खनाल र सचिव सिग्देलबीच केहीबेर नोकझोक चलेको हो ।

‘नेताहरुले जस्तासुकै आयोजना अगाडि बढाए पनि सचिवहरुको काम आँखा चिम्लिने ? कार्यकर्ता रिझाउनका लागि राखिएका योजना स्थगन गर्दा खुशी हुनुपर्नेमा उल्टो दुःख मनाउ गर्दै सरकारविरुद्ध उत्रने ?’भन्दै मन्त्रीले हकारे पछि आफूले मन्त्रिपरिषद्को निर्णयको विरोध नगरेको भन्दै स्पष्ट पार्न खोजेका थिए । उनले अर्थबाट बजेट कटौती हुँदा शहरीको भौतिक प्रगति देखिन नसकेको भन्दै आफ्नो भनाइ राखेका थिए ।

 शहरी सचिवको जिम्मेवारीमा रहेका सिग्देललाई कुन हदसम्म पेलिएको छ भने एकातिर तजबिजीमा हालिएको अर्बाै बजेट अर्थले कैची चलाइदिएको छ । अर्काेतिर उपप्रधानसहित शहरी विकास मन्त्री हुँदा प्रकाशनमान सिंह र उनका स्वकीय यूपि लामिछानेले अधिकांश कमाउ कार्यालय र ठूला बजेट भएका कार्यालयमा छानी छानी नेवार समुदायका सहसचिवहरुलाई नियुक्त गरिएकोमा हालैमात्र कुलमान घिसिङले ती सहसचिवहरुलाई तितर वितर पारिसकेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अदालतमै घुस खाने नायब सुब्बा अख्तियारको फन्दामा

अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

बेलौतीको प्रज्ञापनपत्र बनाएर भारतीय व्यापारीले पास गरे ६ ट्रक केरा,राजश्वको राडारमा को को तानिँदै ?

मन्त्रिपरिषद्को निर्णयको विरोधमा सचिव,हकारे अर्थमन्त्रीले

सबैभन्दा धेरै कमाइ हुने कार्यालय : पहिलो सञ्चय कोष, दोश्रो उड्डयन प्राधिकरण

वीरगञ्जमा ‘छुट–जग्गा सेटिङ’ काण्ड : सर्भेक्षक र सहयोगी १ लाख घुससहित रंगेहात समातिए

नापी सर्भेक्षक र कार्यालय सहयोगी १ लाख घुससहित पक्राउ

बिशेष