सुरेन्द्रले छाडेको ठाउँमा कँडेल,आजै शपथ

राष्ट्रियसभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त भएका छन्। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई मंगलबार सचिव पदमा नियुक्त गरेका हुन्। यस अघिका सचिव राष्ट्रिय सुरेन्द्र अर्यालले राजीनामा दिएपछि रिक्त पदमा तुलाबहादुर कँडेललाई नियुक्त गरिएको हो ।राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले गत कात्तिक ११ गते राजीनामा दिएपछि सो स्थान रिक्त थियो ।

बिज्ञापन

उक्त स्थानमा कँडेललाई नियुक्ति गरिएको राष्ट्रिय सभाको सचिवालयले जनाएको छ । कानुनी व्यवसायीका रूपमा रहेका कँडेललाई सचिवमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सिफारिस गरेका हुन् । अब राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई सचिवको नियुक्ति दिनेछन् ।

बिज्ञापन

कँडेललाई राष्ट्रियसभा अध्यक्ष दाहालले अपराह्न ४ बजे सङ्घीय संसद् सचिवालयमा शपथ गराउने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ। अधिवक्ता कँडेल राष्ट्रिय सभाको सचिवमा पाँच वर्षका लागि नियुक्त भएका हुन् । काभ्रेका बासिन्दा कँडेल पेशाले कानुन व्यवसायी हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वीरगञ्जमा ‘छुट–जग्गा सेटिङ’ काण्ड : सर्भेक्षक र सहयोगी १ लाख घुससहित रंगेहात समातिए

नापी सर्भेक्षक र कार्यालय सहयोगी १ लाख घुससहित पक्राउ

पञ्जीकरण विभागको वेबसाइट ह्याकरमुक्त, डेटा सुरक्षित

सुरेन्द्रले छाडेको ठाउँमा कँडेल,आजै शपथ

राहादनी विभागबाट ८ विचौलिया पक्राउ,कर्मचारीसँगको नेक्सस खोज्दै प्रहरी

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र छोड्‌न अल्टिमेटम दिँदै ‘ह्याकर’ले गरे पञ्जीकरण विभागको वेबसाइट ह्याक

दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक, नियुक्तिबारे समेत निर्णय हुने संकेत

अधिकार नै खोस्ने खेल’: सीडीओद्वारा सत्याग्रह रोकिँदा निजामती कर्मचारी आक्रोशित

बिशेष