सुरेन्द्रले छाडेको ठाउँमा कँडेल,आजै शपथ

राष्ट्रियसभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त भएका छन्। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई मंगलबार सचिव पदमा नियुक्त गरेका हुन्। यस अघिका सचिव राष्ट्रिय सुरेन्द्र अर्यालले राजीनामा दिएपछि रिक्त पदमा तुलाबहादुर कँडेललाई नियुक्त गरिएको हो ।राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले गत कात्तिक ११ गते राजीनामा दिएपछि सो स्थान रिक्त थियो ।

बिज्ञापन

उक्त स्थानमा कँडेललाई नियुक्ति गरिएको राष्ट्रिय सभाको सचिवालयले जनाएको छ । कानुनी व्यवसायीका रूपमा रहेका कँडेललाई सचिवमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सिफारिस गरेका हुन् । अब राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई सचिवको नियुक्ति दिनेछन् ।

बिज्ञापन

कँडेललाई राष्ट्रियसभा अध्यक्ष दाहालले अपराह्न ४ बजे सङ्घीय संसद् सचिवालयमा शपथ गराउने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ। अधिवक्ता कँडेल राष्ट्रिय सभाको सचिवमा पाँच वर्षका लागि नियुक्त भएका हुन् । काभ्रेका बासिन्दा कँडेल पेशाले कानुन व्यवसायी हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

महालक्ष्मी नगरपालिकामा प्रशासनिक कायापलट : अमित ढुङ्गाना आएपछि सेवा प्रवाहदेखि डिजिटल शासनसम्म परिवर्तन

समाचारबारे खण्डन : तथ्यहीन आरोपबाट भ्रम फैलाइएको भन्दै योजना प्रमुख पन्तको आपत्ति

बिशेष