काठमाडौं सडक डिभिजनले २५ रुग्ण ठेक्का एकैपटक तोड्यो

काठमाडौं। लामो समयदेखि रोकिएका २५ रुग्ण ठेक्कालाई काठमाडौं सडक डिभिजन कार्यालयले अन्ततः रद्द गरेको छ। आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० सम्म सम्झौता भएको तर वर्षौंदेखि काम अगाडि नबढाई परियोजना अलपत्र पार्ने निर्माण व्यवसायीहरूलाई कारबाही स्वरूप ठेक्का तोडिएको हो।

बिज्ञापन

कार्यालयले गत कात्तिक ११ गते सम्बन्धित निर्माण व्यवसायीहरूसँग “ठेक्का किन नतोड्ने ?” भन्ने स्पष्टिकरण मागेको थियो। तर प्राप्त जवाफ असन्तोषजनक ठहरिएपछि सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९(७) समेतको आधारमा कात्तिक ३० गते बसेको वैठकले सबै २५ ठेक्का रद्द गर्ने निर्णय गरेको कार्यालय प्रमुख सुवोध देवकोटाले जानकारी दिए।

बिज्ञापन

ठेक्का सम्झौता तोडिएसँगै अब सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार पोस्ट–समापन मूल्याङ्कन गरी निर्धारण हुने रकम सरकारी बाँकीसरह असुल हुनेछ। त्यसैले कार्यालयले १५ दिनभित्र वित्तीय फरफारकका लागि निर्माण व्यवसायीहरूलाई कार्यालयमा सम्पर्क गर्न औपचारिक सूचना जारी गरेको छ।

अहिलेको निर्णयले वर्षौंदेखि ‘अलपत्र परियोजना’ का रूपमा परिचित मार्ग तथा संरचना विकासका कामलाई नयाँ प्रक्रियाबाट अघि बढाउने तयारी भएको डिभिजन स्रोतले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

महालक्ष्मी नगरपालिकामा प्रशासनिक कायापलट : अमित ढुङ्गाना आएपछि सेवा प्रवाहदेखि डिजिटल शासनसम्म परिवर्तन

समाचारबारे खण्डन : तथ्यहीन आरोपबाट भ्रम फैलाइएको भन्दै योजना प्रमुख पन्तको आपत्ति

बिशेष