अवकाश प्राप्त निजामती कर्मचारीको नेतृत्वमा पहिलो पटक खुल्यो पार्टी

निजामती सेवाबाट अवकाश प्राप्त कर्मचारीको नेतृत्वमा पहिलो पटक दल खुलेको छ । ‘उज्यालो नेपाल पार्टी’ ले निर्वाचन आयोगमा अद्यावधिक विवरण बुझाएको छ ।

बिज्ञापन

बहादुर भवनमा मंगलबार पेश गरिएको विवरण अनुसार पार्टीको अध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई प्रस्ताव गरिएको छ ।
उपाध्यायलाई अध्यक्ष र बाँकी सबैलाई सदस्य राखिएको छ । पार्टीको सदस्यमा डा तारा प्रसाद जोशी, प्रा डा महेन्द्र सुन्दर लावती, डा घनश्याम पाण्डे, डा सागर ढकाल, डा अभिषेक राज सिंह, डा शंकर ढकाल, ई तेजनारायण यादव, कलाकार रिमा विश्वकर्मा, टासी ल्हामोल्म, डा राजु थापा, डा विशाल भण्डारी, श्री गुरुङ, निलिमा बस्नेतका अलवा दिपेन्द्र जमरकट्टेल, सीता देवी पाण्डेय, ज्ञानेन्द्र कुमार तामाङ, डकेन्द्र सिंह थेगिम, ड आशुतोष विजय पन्त, डाबर लावती, हिरा प्रसाद सोती लगायत रहेका छन् ।

बिज्ञापन

उक्त पार्टी दर्ताका लागि गत साउन २७ मा दल दर्ताका लागि आयोगमा निवेदन दिइएको भए पनि आवश्यक कागजात नपुग्दा दर्ता हुन सकेको थिएन । कुलमानले निवेदनलाई संशोधन गरी संयोजकमा उपाध्याय बनाएर बुझाएको छ ।

कुलमानकै योजनामा यस अघि नै ‘उज्यालो नेपाल पार्टी’ निर्वाचनमा दर्ता भइसकेको र सो समयमा मानबहादुर तामाङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी दर्ता भएकोमा आज पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्याय अध्यक्ष रहेको अद्यावधिक विवरण निर्वाचन आयोगमा बुझाइएको बताइन्छ ।

बिज्ञापन

मन्त्री घिसिङले वैकल्पिक शक्ति निर्माणका लागि पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, युवा अभियन्ता सागर ढकाल, काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह, जेन जी नेता सुदन गुरुङलगायतसँग लामो छलफल गरेका थिए । यद्यपि, उनीहरु अहिले अलग अलग समूहमा विभाजित भइसकेका छन् ।

घिसिङको पार्टीबाट सुमनाहरु बाहिरिँदा अभिनेत्री रिमा विश्वकर्मा र हुम्लाकी टासी ल्हाजोम भने केन्द्रीय समितिमा अटाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निमित्तको राज अन्त्य गर्दै सरकार,बेलुकासम्ममा सरुवा हुँदैछन् ४३ उपसचिव

गोरखालीको महागाथा

कानुन व्यवसायीहरुलाई सिंहदरबार प्रवेशमा कडाई

दुर्गममा दरबन्दी,गृह मन्त्रालयभित्र काज

बालुवाटारमा औपचारिक भेटघाट बन्द, सिंहदरबारबाटै काम गर्दै प्रधानमन्त्री बालेन

सातान्तांगोः मानव चेतना, समाज र अस्तित्वको नाङ्गो दस्तावेज

आयल निगममा डिपो प्रमुखहरूको सरुवा

कुन मन्त्रीको सचिवालयमा क- कस्ले पाए नियुक्ति ?

बिशेष