कसैलाई मन नपर्दैमा ट्रेड युनियन खारेज हुँदैन: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ट्रेड युनियन खारेज गर्ने ध्वनि निकाल्दै गरेको भन्दै कडा आपत्ति जनाएका छन् । उनले कसैलाई मन नपर्दैमा ट्रेड युनियन खारेज गर्न खोज्नु लोकतान्त्रिक मूल्य र अन्तर्राष्ट्रिय श्रम अधिकारको अपमान हुने चेतावनी दिएका छन् ।

बिज्ञापन

 

बिज्ञापन

एमालेको “घर फर्क अभियान” कार्यक्रममा राष्ट्रिय सभागृहमा बोल्दै ओलीले ट्रेड युनियन संगठनहरू अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त अधिकार भएको उल्लेख गर्दै भने, “ट्रेड युनियन खारेज गर्छु भन्नेहरू नजन्मिँदै अन्तर्राष्ट्रिय मजदुर संगठन (आइएलओ) बनेको हो, त्यसैले कसैलाई मन नपर्दैमा ट्रेड युनियन मासिँदैन, मास्न पाइँदैन।”

 

बिज्ञापन

उनले शिक्षामन्त्री महावीर पुनको विश्वविद्यालय र विद्यालयमा दल निकट संगठनलाई मान्यता नदिने अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै भने, “अब अनेरास्ववियु निजी विद्यालयमा पनि पस्छ, क्याम्पसमा पनि पस्छ, विद्यालय तहबाट क्याम्पस पुग्ने विद्यार्थीहरूलाई बिगार्ने छुट कसैलाई छैन।”

 

ओलीले सरकार ट्रेड युनियन र संगठनहरूविरुद्ध बोलेर संस्थागत अधिकार खोस्ने मनसाय लिएको आरोप लगाउँदै थपे, “संस्था खाली गर्दिने, संगठन खाली गर्दिने भन्ने लहर चलाउन खोजिँदैछ। अहिले त देशमा पार्टी नै समाप्त पार्ने अभियानजस्तो चलाइएको छ, यस्तो हुँदैन।”

 

उनका अनुसार ट्रेड युनियन कुनै दलको मात्रै होइन, श्रमिक अधिकारको मूल स्वरूप हो, जसलाई मेटाउने कुरा सोच्नै नसकिने हो।

“ट्रेड युनियन खारेज गर्ने कुरा बोल्नेहरू लोकतन्त्रको आधार नै कमजोर पार्न खोजिरहेका छन्,” ओलीले भने, “हामी संयमित छौं, तर अधिकार खोस्ने प्रयास सह्य हुँदैन।”

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विश्व भूराजनीति र आन्तरिक राष्ट्रवादको चुनौती

विदेशमा रहेका व्यक्ति र फेल व्यक्तिलाई लाइसेन्स, तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

निष्पक्ष निर्वाचनका लागि पूर्वीय मूल्यहरूको योगदान

रेशम चौधरी चुनाव लड्न नपाउने

तत्कालीन महानिर्देशकलाई प्रमाण बुझ्न आदेश,फुँयाल साधरण तारेखमा रिहा

भूमि अधिकार सुनिश्चित गर्न राजनीतिक दललाई राष्ट्रिय भूमि सञ्जालको दबाब, घोषणा पत्रमै प्रतिबद्धता माग

सात हजार निजामती कर्मचारी बिदामा,दुरुपयोगको आशंकापछि धमाधम शुद्धीकरण गर्दै किताबखाना

अर्थको सहमति विपरित सहरीले निकासा गर्यो पुर्ननिर्माण कोषको ११ करोड रकम

बिशेष