प्रमुख प्रशासकीय अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित इन्जिनियर,प्रशासकीय अधिकृत,शिक्षा अधिकृत, वरिष्ठ लेखा सहायक र कम्युटर अपरेटरसहित आठ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्धा लगेको हो ।

बिज्ञापन

अख्तियारले वडाको बाटो स्तरोन्नतीको लागि ठेक्का बोलपत्र आह्वान गर्दा औपचारिकतामात्र निभाइ मिलेमतोमा दिव्या निर्माण सेवा प्रालिलाई ठेक्का दिइएको र भुक्तानी गरी अनियमितता गरेको भेटिएसँगै उनीहरुविरुद्ध ५५ लाख ८९ हजार ६३ रुपैयाँ बराबरको मागदावी सहित मुद्दा आज विशेष अदालतमा दायर भएको हो।

बिज्ञापन

अख्तियारले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिरा चन्द्र धराला, शिक्षा अधिकृत भिम बहादुर थापा, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा र अपरेटर हरिचन्द्र बिस्टसहित बोलपत्र मुल्यांकन समितिका सदस्य प्रोजेक्टका इन्जिनियर शिशिर कुमार गुरुङ, दिव्या निर्माण सेवा प्रालि, दुनै, डोल्पा र उक्त निर्माण सेवाका भीमराज न्यौपानेलाई मुद्दामा प्रतिवादी बनाइएको छ।

नगरपालिकाको आर्थिक वर्ष २०७८ ०७९ मा वडा नम्बर ५ स्थित खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतिका लागि ठेक्का बोलपत्र आह्वान गरी औपचारिकता मात्रै निभाइ मिलेमतोमा दिव्या निर्माण सेवा प्रालिलाई उक्त काम जिम्मा दिई भुक्तानीमा आर्थिक अनियमितता गरेको अनुसन्धानबाट खुल्न आएको अख्तियारको ठहर छ।

बिज्ञापन

मोटरबाटो निर्माणका नाममा ५५ लाख ८९ हजार ६३ रकम गैरकानुनी लाभ र संस्थालाई गैरकानुनी हानिनोक्सानी पुर्‍याउने बदनियतले कार्य गरेको देखिएबाट उक्त कार्य कसूरमा संलग्न निमित्त प्रमुख प्रशासकीय अधिकृत पोखरेलसहित प्रतिवादीहरूउपर सजाय र सोही मूल्य बराबरको बिगो मागदावी गरिएको आरोप पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

महालक्ष्मी नगरपालिकामा प्रशासनिक कायापलट : अमित ढुङ्गाना आएपछि सेवा प्रवाहदेखि डिजिटल शासनसम्म परिवर्तन

बिशेष