अनियमित टेन्डर रोक्दा सचिवको निशानामा परे महानिर्देशक बाराकोटी, दिनुपर्यो राजीनामा

स्वास्थ्य सेवा विभाग, टेकुका महानिर्देशक डा. टंकप्रसाद बाराकोटीले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य मन्त्रालयभित्र बढ्दो अनियमितता, सचिवस्तरीय हस्तक्षेप र प्रशासनिक दबाबका कारण असन्तुष्ट बनेका उनले राजीनामा बुझाएको मन्त्रालय स्रोतले जनाएको छ।

बिज्ञापन

इमानदार, निष्कलंक र कार्यकुशल प्रशासकको रूपमा परिचित बाराकोटीले मन्त्रालयका सचिव डा. विकास देवकोटाको ‘अनैतिक दबाब र नीतिविपरीत निर्णय’ सहन नसकेर पद त्याग गरेको नजिकका स्रोतको भनाइ छ।

बिज्ञापन

सचिव देवकोटाले आफ्ना निकट व्यक्तिहरूलाई फाइदा पुग्ने गरी स्वास्थ्य उपकरण र औषधि खरिदमा करोडौंको टेन्डर प्रक्रिया अघि बढाएको र त्यसविरुद्ध बाराकोटीले कानुनी आपत्ति जनाउँदै टेन्डर खारेज गरेको विभागका कर्मचारीहरूले बताएका छन्।

‘फोलिक एसिड चक्की खरिद’ प्रकरणमा पनि ठुलो आर्थिक अनियमितता हुने आशंका भएपछि बाराकोटीले प्रक्रिया रोकेका थिए। त्यसपछि सचिव देवकोटाले बाराकोटीमाथि निरन्तर दबाब बढाएको बताइन्छ।

बिज्ञापन

मन्त्रालयका स्रोतका अनुसार, सचिव देवकोटाले पछिल्लो समयमा विभागमा आफ्ना निकट कर्मचारीहरूको प्रभाव बढाउँदै आएपछि  विभागभित्र असन्तुष्टि थपिएको थियो।

विभागका एक वरिष्ठ कर्मचारी भन्छन्, “डाक्टर बाराकोटीले विभाग पारदर्शी बनाउन खोजे, तर सचिवको सेटिङ प्रणालीले इमानदार मानिसलाई टिक्न नै दिएन।”

बाराकोटीको राजीनामाले मन्त्रालयभित्रको भ्रष्टाचार, मिलेमतो र राजनीतिक चलखेल पुनः सतहमा ल्याएको कर्मचारीहरूको भनाइ छ। उनीहरूका अनुसार, सचिवदेखि तलसम्म हुने अनावश्यक हस्तक्षेप रोकिएन भने स्वास्थ्य सेवा प्रणालीको विश्वसनीयता गम्भीर संकटमा पर्ने देखिएको छ।

डाक्टर बाराकोटीले आफूले राजीनामा दिएको कुरा स्वीकारेका छन्। तर राजीनामा दिनुको कारण आफ्नो स्वास्थ्यमा समस्या रहेको कारणले दिएको बताए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विश्व भूराजनीति र आन्तरिक राष्ट्रवादको चुनौती

विदेशमा रहेका व्यक्ति र फेल व्यक्तिलाई लाइसेन्स, तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

निष्पक्ष निर्वाचनका लागि पूर्वीय मूल्यहरूको योगदान

रेशम चौधरी चुनाव लड्न नपाउने

तत्कालीन महानिर्देशकलाई प्रमाण बुझ्न आदेश,फुँयाल साधरण तारेखमा रिहा

भूमि अधिकार सुनिश्चित गर्न राजनीतिक दललाई राष्ट्रिय भूमि सञ्जालको दबाब, घोषणा पत्रमै प्रतिबद्धता माग

सात हजार निजामती कर्मचारी बिदामा,दुरुपयोगको आशंकापछि धमाधम शुद्धीकरण गर्दै किताबखाना

अर्थको सहमति विपरित सहरीले निकासा गर्यो पुर्ननिर्माण कोषको ११ करोड रकम

बिशेष