जेनजी आन्दोलनको मुख्य एजेण्डाथ्यो भ्रष्टाचार अन्त्य र सुशासन ।
दुई दिने आन्दोलनपछि राजनीतिक नेतृत्व परिवर्तन भए पनि कर्मचारी वृत्तमा उस्तै विकृती र बिसंगतीहरु देखिएका छन् । कर्मचारीतन्त्र सुध्रिने कुनै छनक छैन। विभिन्न कार्यालयहरुमा ट्रेड युनियनका पदाधिकारीहरु तथा तरमाराहरुले रजगज चलाइरहेका छन् ।
बिज्ञापन
नियम विपरित गाडी सुविधा लिएका नेताहरुले गाडी फिर्ता गर्दैछन् तर विभिन्न मन्त्रालयहरुमा कार्यरत रहेका र नियमावली अनुसार गाडी सुविधा नपाउने कर्मचारीहरुले अझैं पनि सरकारी सवारी साधनको चरम दुरुपयोग गरिरहेका छन् । पूराना दलमा आवद्ध कर्मचारीहरु त विग्रिए विग्रिए नयां पनि उही डयाङका मूला बनेर पूरानै विकृतिलाई समेत माथ खुवाइरहेका छन् । यस्को एउटा उदाहरण हो सार्वजनिक प्रशासन रुपान्तरण अभियानका संयोजक गणेश घिमिरे । उनीविरुद्ध धेरै कुराहरु उठेका छन् तर उनले त्यसको खण्डन गर्नुको साटो आरोपलाई झन् सत्य बनाइरहेका छन् ।
बिज्ञापन
सवै पार्टीका सहसचिव उपसचिवहरु विभिन्न होटलमा भेला भै आफ्नो पक्षलाइ जुटाइरहेका छन्। सहसचिव उपसचिवहरुले पार्टी विशेषको काममा यसरी लाग्न हुदैन तर गलतै काम भए पनि उनीहरुले कार्यालय भित्र यस्तो काम गरेका छैनन। तर सार्वजनिक प्रशासन रुपान्तरण अभियानको सहजीकरण गरिरहेका छन् । तिनैमध्येका हुन सुवाश शिवाकोटीले मन्त्रालयको आफ्नै कार्यकक्षमा दिनदिनै भेला गर्ने गरिरहेका कर्मचारीहरु बताउँछन् ।
उनको काम मन्त्रालयको आफ्नै कार्यकक्षमा यस्ता भेला गर्ने र विभिन्न ठाउंमा पढाउन जाने जाँदा सरकारी सुविधा प्रयोग गरिरहेका छन् । ढकालले मुख्य सचिवको चाकडी गरि सञ्चार मन्त्रालयमा आफ्नो सरुवा गराएको बताइन्छ ।
मधेश प्रदेशको अर्थ मन्त्रालयको प्रदेश सचिव हुदा प्रदेशको अर्वमात्रको राजस्व क्षमता हुदा हुदै ९अर्व उठाउने उडन्ते अनुमान राखेर सो वर्षको बजेटलाई कन्तबिजोग बनाएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । मधेश प्रदेशमा उनको असहयोगको कारणले सो वर्ष सवैभन्दा कम पूंजीगत खर्च भएको उनीसँगै मधेश प्रदेशमा कार्यरत रहेका कर्मचारीहरुको भनाइ छ ।
बिज्ञापन
देउवा र खड्का पत्नीद्धयलाई दिनमा कुटनीतिक राहदानी दिएकव वारेमा सर्वत्र प्रश्न उठेपनि यसको वारेमा परराष्ट्र मन्त्रालय अझै मौन छ । जेनजी सरकार यसवारे उनीहरुसंग न सोध्न चाहन्छ न कारवाही गर्ने नै । यसै गरि कुटनीतिक नियोगहरुमा कार्यरतहरुले तिर्नु पर्ने पारिश्रमिक वापतको ठूलो रकम असूल पर्न परराष्ट्र पदाधिकारीहरु अनिच्छुक छन् । परराष्ट्र मन्त्रालयकै सचिव मुख्य सचिव बन्दा समेत यसमा कुनै काम नहुनु कर्मचारीतन्त्रको ठूलो कमजोरी रहेको टिप्पणी हुन थालेको छ,कर्मचारी वृत्तमा ।
गृह मन्त्रालयको दवावमा स्थानीय तहमा गएका कर्मचारीहरु पुन संघ तिरै फर्किएका छन् । केही मन्त्रीहरुको स्वकीय सचिवालयमा वस्ने भनी संघ तिरै रोकिएका छन्। यसले स्थानीय तहमा फेरी कर्मचारीको ठूलै अभाव हुने भएको छ। भगवती न्यौपाने मन्त्री हुँदा सामान्यलाई महिलामैत्री बनाउन कर्मचारी प्रशासन फाँटमा भित्रिएका पार्वती शर्माहरुकै कारण अब नगरपालिकामा समेत शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमै खटाउने योजना अगाडि सारिएको छ । यस अघि निमित्तले चलाउँदै आएको स्थानीय तहमा अब १० बर्ष शाखा अधिकृत भएका कर्मचारी गएर पूर्ण अधिकारसहित स्थानीय तह चलाउन दिने गृहकार्य अगाडि बढ्दैछ ।
संघीय मामिला मन्त्रालय र भूमि मन्त्रालयको सरुवाको खेती जेनजीको राजमा पनि फस्टाइरहेको छ यसमा कुनै कमी आएको छैन।शिक्षा मन्त्रालयका कर्मचारीहरु कवाडी मन्त्री भन्दै महावीर पुनको खिल्ली उडाइरहेका छन्।तर उनले छोडेको विदेश भ्रमणमा भने र्याल चुहाउदै हिडिरहेका छन्।यी विकृति रोक्न मुख्य सचिवले कुनै चासो दिएका छैनन। एमाले, कांग्रेस, माओवादी विल्ला भिरेका कर्मचारीहरु आफ्ना नेताहरुलाई दैनिक सूचना जाहेर गर्न व्यस्त छन्।
प्रधानमन्त्री भएको ५० दिन पुगेपछिमात्र प्रधानमन्त्रीले सचिवहरुलाइ निर्देशन दिने, मुख्य सचिवको आयोजनमा प्रत्येक महिना हुने बैठक चिया विस्कुट खाने र सचिव सहसचिवको भेटहुने थलो बाहेक केही बन्न नसेको सहसचिवहरुकै बैठकमा चर्चा चल्न थालेको छ ।
अर्थमा रजगज गरिरहेका केही कर्मचारीहरु रामेश्वर खनाल आए पनि रजगजमा कुनै कमी आएको छैन। बजेट महाशाखा हिजो भन्दा झन् बदनाम हुदै गैरहेको छ।अर्थ मन्त्रालय मातहत ल्याइए पनि सम्पत्ति शुध्दीकरण अनुसन्धान विभागले माखो मारेको छैन।
संघीय मामिला मन्त्रालयका कर्मचारीहरु स्थानीय तहको ओ एण्ड एम सर्भे र मध्यमकालीन खर्च संरचना बनाइदिने भनि कन्सलटेन्सी काम माग गर्ने र स्थानीय विकास प्रशिक्षण केन्द्रलाई तालिम आयोजना गर्न लगाइ आफू नगएको ठाउको देश दर्शनमा व्यस्त छन् ।
उप सचिव देखि सचिव सम्मका केही कर्मचारीहरु लोक सेवा कोचिंङ सेन्टरहरुमा पढाउन धाइरहेका भेटिन्छ । व्यवस्था फेरियो अवस्था फेरिएन, सरकार फेरियो संस्कार फेरिएन भवनहरु जलाइए गलत संस्कार जलाइएन। जनता भन्दैछन् जुन जोगी आए पनि कानै चिरेका।

























