शाखा अधिकृतको विज्ञापन खोल्ने तयारी,माग आकृति फाराम पठाउन सामान्यको पुन ताकेता

निजामती सेवामा रिक्त हुने शाखा अधिकृत पदको माग आकृति फाराम भरेर विभिन्न मन्त्रालय तथा कार्यालयहरुले नपठाइदिए पछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुन ताकेता गरेको छ ।
मन्त्रालयले आर्थिक बर्ष ८२ ८३ मा रिक्त हुने पदहरुको माग आकृति फाराम पठाउन यस अघि कार्तिक ९ गते परिपत्र गरेको थियो । मन्त्रालयले साता दिनको समय दिएर विभिन्न सेवा,समूह,उपसमूह सञ्चालन गर्ने मन्त्रालय,महालेखापरीक्षक,महालेखा नियन्त्रक कार्यालयहरुलाई परिपत्र गर्दै लोकसेवा आयोगको स्वीकृत बार्षिक कार्यतालिका अनुसार चालु आर्थिक बर्षमा रिक्त हुने शाखा अधिकृत पदहरुको माग आकृति फाराम भरेर पठाउन परिपत्र गरेको भए पनि समयभित्र कार्यालय तथा मन्त्रालयबाट माग आकृति फाराम नआएका कारण पुन ताकेता गरेको हो ।
सामान्यले चालु आर्थिक बर्षमा रिक्त हुने शाखा अधिकृत प्राविधिक र अप्राविधकतर्फका पदहरुको माग आकृति फाराम तोकिएको ढाँचामा भरेर पठाउन १६ कार्तिकसम्मको समयसीमा तोकेकोमा यस पटक ताकेता गर्दै प्राविधिक पदका लागि आज शुक्रवारसम्म र अप्राविधिक पदका लागि आगामी मंसिर ५ गतेभित्र पठाउन पुन ताकेता गरेको हो ।मन्त्रालयले यो मितिभित्र माग आकृति फाराम नआए लोकसेवा आयोगमा पठाउन नसकिने स्पष्ट पारेको छ ।

बिज्ञापन

विवरण भरेर पठाउँदा निजामती किताबखानामा दर्ता भएका पदहरुलाई मात्र समावेश गर्ने र रिक्त हुनुको (अवकाश पत्र,बढुवा,नियुक्ति,दरबन्दी सृजना वा अन्य कुन) कारणले हो सो समेत खुलाइ सोको पृष्ट्याइ समेत गरेर पठाउन मन्त्रालयको सचिवस्तरीय निर्णयबाट परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

मन्त्रालयका अनुसार विभिन्न १५ वटा मन्त्रालय तथा निकायमध्ये अर्थ मन्त्रालयमा नेपाल लेखापरीक्षण सेवा,नेपाल प्रशासन र राजश्व सेवा,उद्योग मन्त्रालयले इञ्जिनियरिङ,माइनिङ,केमिकल,मेट्रोलोजी,जियोलोजी र केमेष्ट्री समूह सञ्चालन गर्दै आएको छ । यस्तै,उर्जा तथा जलश्रोत मन्त्रालयले इञ्जिनियरिङ,कृगिा तथा पुशपक्षी मन्त्रालयले कृषि सेवा,खानेपानी मन्त्रालयले इञ्जिनियरिङ,स्यानिटरी उपसमूह सञ्चालन गरिरहेको छ भने परराष्ट्र मन्त्रालयले परराष्ट्र सेवा,यस्तै वन मन्त्रालयले नेपाल वन सेवा,शिक्षा नेपाल शिक्षा सेवा,महालेखामा लेखा समूह सञ्चालन गर्दै आएको छ ।

अधिकृत पदको माग आकृति फाराम भरेर पठाउन सामान्यको परिपत्र

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

बिशेष