सेवाग्राही भन्छन्,संस्था दर्ता-नवीकरणमै घुस मागियो ,सिडियो भन्छन् : ‘प्रमाण ल्याउनुहोस’

सुशासन कायम र भ्रष्टाचार नियन्त्रण मुख्य मुद्धा रहेको जेनजी आन्दोलन पछि समेत कर्मचारीहरु सुध्रिएका छैनन् । यस्को ज्वलन्त उदाहरण हो ललितपुर जिल्ला प्रशासन कार्यालय । सो कार्यालयको प्रशासन शाखामा कार्यरत नायव सुव्वा रमेश नेपालले खुलेआम घुस माग्ने गरेको सेवाग्राहीहरुको गुनासो छ ।

बिज्ञापन

८२ जेठ १८ गतेदेखि सो कार्यालयको स्थानीय प्रशासन शाखाको जिम्मेवारी सम्हालिरहेका घिमिरेले हाकिमहरुको संरक्षणमा रहेर संघ संस्था नविकरण र दर्ता गर्नका लागि रकम असुली गरिरहेको सेवाग्राहीहरुले गुनासो गरेका छ । नेपालले संघ संस्था नविकरणमा रु १५ हजारका दरले र नयाँ संस्था दर्ता गर्दा १० देखि २० हजारसम्म घुस रकम असुल गर्दै आएको कतिपय सेवाग्राहीहरुको गुनासो रहेको छ । सेवाग्राहीहरुको गुनासो छ कि पहुँचवालाको हकमा नजराना नलिएर नै संस्था दर्ता र नवीकरणको काम गर्दै आएका नेपालको समूहले सामान्य मानिसको महिनौं सम्म फाइल थन्काएर दुख दिने अन्त्यमा रकम बार्गेनिङ गरेर मात्र काम गर्ने गरेको अवस्था छ ।

बिज्ञापन

कर्मचारी प्रेसका सम्पर्कमा आएका केही संस्थाका प्रतिनिधिहरुका अनुसार, गैर नाफामुलक संस्था दर्ता गर्न पुग्दा नेपालले घुस मागेको बिषयमा पछि सोही संस्थामा कार्यरत अर्काे अधिकृतलाई गुनासो गरेपछि पैसा नबुझाएर नै काम गरिदिएका थिए तर सहायक सिडियो र नासु नेपालले सहायक सिडियोको कार्यकक्षमा बोलाएर उल्टै हप्कीदप्की गरेको उनीहरुको गुनासो छ ।
तर नेपालले यो बिषयको सिधै खण्डन गरे । उनले भने,’संघ संस्था दर्ताका लागि एक हजार र नवीकरण ६ सयमात्र,म्याद गुज्रिएको संस्थाको हकमा १५ सयसम्म लिइएको र सो भन्दा बढी रकम नलिएको’ प्रष्टाएका छन् । सहायक सिडियोले समेत घुस रकम संकलन कार्यमा उनै नेपाललाई अगाडि सार्ने, भत्ता आउने बैठकमा उनै नेपाललाई अफिसमै ल्याएर सहि गराएर भत्ता बुझाउन सरोकारवालाहरु उपस्थित हुन बाध्य पारिएको सेवाग्राहीहरुको गुनासो रहेको छ । भत्ता नआउने कुनै पनि बैठकमा रमेश नेपाल जादैनन र अरु अधिकृतलाई पठाइदै आएको कार्यालयका अन्य कर्मचारीहरुले समेत स्वीकार गरेका छन् ।

यस बिषयमा नेपालको प्रतिक्रिया छ, ‘अहिलेसम्म कुर्सी छोडेर एउटै बैठकमा नगएको र भत्ता नलिएको’ उनले उल्टै इमान्दार छविको प्रशासकको रुपमा परिचित सहायक सिडियोको छवि खुइल्याउन कार्यालयकै केही कर्मचारी लागेको  प्रतिक्रिया दिए । सो कार्यालयमा जिन्सि सामानको भरपाई गरिदैन नेपाल सरकारले अनिवार्य गरेको पाम्स प्रणाली पछि आफैले कीर्ते गर्ने गरेको ललितपुर प्रशासनका कर्मचारीहरुको आरोप छ । नेपाल जागिरे जीवनमा लामो समय यातायात कार्यालय, मालपोत र कारागारमा अवसर लिएर गत २ जेठदेखि सो कार्यालयमा हाजिर हुन पुगेका हुन । सुव्वाका जागिरे नेपालले बालकोटमा भव्य बंगला ठडाएको बिषयमा समेत खोजबिन र छानबिन हुनुपर्ने माग उठिरहेको समयमा उनले भने ‘म सरकारी जागिरमा प्रवेश गरेको ६२ सालमा घर बनाएको ६० सालमै हो ।’

बिज्ञापन

यता, यस बिषयमा प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराइसँग जिज्ञासा राख्दा संघ संस्था दर्ता वा नवीकरण गर्दा रसिद काटेको बाहेक अरु थप रकम दिनु नपर्ने प्रष्टाएका छन् । उनले यस बिषयमा सूचना नै टाँस गर्ने पनि जनाए । जिप्रकाका नासुले संघ संस्था नवीकरण र दर्तामा घुस लिने गरेको गुनासो सम्बन्धमा सोध्दा, ‘ पीडित मान्छेले आफूसँग गुनासो गरेको खण्डमा आफूले सत्य तथ्य बुझेर कारवाही गर्ने’ प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

बिशेष