इन्सपेक्टर लामालाई गृहले सोध्यो स्पष्टीकरण

गृह मन्त्रालयले नेपाल प्रहरीकी इन्स्पेक्टर अनु लामालाई स्पष्टीकरण सोधेको छ। गृहले लामो समयदेखि गैर हाजिरीमा रहेकी लामालाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ ।

बिज्ञापन

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा कार्यरत प्रहरी निरीक्षक अनु लामालाई ७ दिनभित्र सन्तोषजनक कारणसहित हाजिर हुन सार्वजनिक सूचना जारी गरिएको हो।

बिज्ञापन

लामा इन्सपेक्टर लामा असार २५ गतेदेखि २० दिनको घर बिदामा बसेकी थिइन्। बिदा सकिएपछि २०८२ साउन १६ गते कार्यालयमा हाजिर हुनुपर्नेमा उनी हालसम्म पनि अनुपस्थित रहेको र कार्यालयको सम्पर्कमा नआएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयद्धारा प्रकाशित सूचना अनुसार १० दिनको बिदा लिएर असार २५ गते बिदामा बसेकी उनले त्यसपछि पुनः १० दिन थप बिदा स्वीकृति गराएकी थिइन्। २० दिनको बिदा सकाएर साउन १६ गते कार्यालयमा हाजिर हुनुपर्नेमा त्यसयता कसैलाई जानकारी नगराई गैरहाजिर रहेको मन्त्रालयले जारी गरेको सूचनमा उल्लेख छ। त्यसपछि खोजतलास र सूचना टाँस गराउँदासमेत अनुपस्थित भएपछि सार्वजनिक सूचना जारी गरिएको गृह मन्त्रालयले जनाएको छ।

बिज्ञापन

सूचनामा भनिएको छ,’ यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरण सहित हाजिर हुन आउनुहोला।’ ‘तोकिएको समयभित्र हाजिर लामा उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को बिदा स्वीकृत नगराई लगातार ४५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कसूरमा ऐ नियमावलीको नियम १०९ को खण्ड (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउनेु कारवाही भइजाने’ सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजस्व अनुसन्धान विभाग ‘निष्क्रिय’: मुस्ताङको कोरला नाकाबाट खुलेआम ब्रह्मलुट

इन्सपेक्टर लामालाई गृहले सोध्यो स्पष्टीकरण

जेनजी राजमा पनि रोकिएन कर्मचारी सरुवामा विकृती : एमाले निकटकालाई छानी छानी जिम्मेवारी

१९ उपसचिव र ८ शाखा अधिकृतको सरुवा

२१ सहसचिवहरूको सरुवा

२१ सहसचिवको सरुवा : तीनलाई प्रदेशमा घुमाइँदा चार उक्लिए सिंहदरबार

राजदूत घिमिरेले दिए राजीनामा

बालेनविरुद्ध साइबर व्युरोमा जाहेरी,राहदानी रोक्का र तत्काल पक्राउ गर्न माग

बिशेष