२१ सहसचिवको सरुवा : तीनलाई प्रदेशमा घुमाइँदा चार उक्लिए सिंहदरबार

सरकारले २१ जना सहसचिवको सरुवा गरेको छ । गत १७ कार्तिकमा बसेको मन्त्रिपरिषदको बैठकले २१ जना सहसचिवको सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार,१५ जना प्रशासन सेवाका,४ विविध सेवाका र २ जना नेपाल इञ्जिनियरिङ सेवाका रहेका छन् ।

बिज्ञापन

सरुवाको सूची अनुसार,संघबाट तीन सहसचिवहरुलाई प्रदेशमा खटाइँदा यस अघि प्रदेशमा रहेका तीन जना सहसचिवलाई एक प्रदेशबाट अर्काे प्रदेशमा घुमाइएको छ भने चार जना प्रदेशबाट सिंहदरबारमा ल्याइएको छ ।

बिज्ञापन

जस अनुसार प्रशासन सेवाका सहसचिव कोषहरि निरौलालाई सञ्चारबाट प्रदेश सचिवको जिम्मेवारीमा कोशी प्रदेश पुर्याइएको छ भने प्रधानमन्त्री कार्याल्यबाट नारायण अर्याललाई उद्योग, बागमति प्रदेशबाट केशवराज सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ ।

यस्तै,वागमति प्रदेशबाट रितेश शाक्यलाई चिकित्सा अध्ययन विज्ञान प्रतिष्ठानमा लगिएको छ भने त्यहाँ कार्यरत मनिता श्रेष्ठलाई युवा तथा खेलकुदमा पुर्याइएको छ ।
सरुवाको सूची अनुसार,प्रधानमन्त्री कार्यालयबाट रविलाल शर्मालाई सञ्चार मन्त्रालय,प्रेम प्रसाद आचार्यलाई श्रम मन्त्रालयमा खटाइएको छ भने यस अघि पेलानमा परेका अरुण पोखरेललाई वेपत्ता पारिएको व्यक्तिहरुको छानबिन आयोगमा लगेर थन्काइएको छ । यस्तै प्रदेशबाट नवराज ढकाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइपुगेका छन् भने लुम्बिनीबाट रामबाबु पुरीलाई बाग्मतीलाई घुमाइएको छ ।

बिज्ञापन

उद्धव रिजाललाई मधेशबाट कोशी पठाइँदा सूदुरपश्चिमबाट विरेन्द्र मिश्रलाई मधेश प्रदेशमा खटाइएको छ ।

sachiv saruwa 7 20

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२१ सहसचिवहरूको सरुवा

२१ सहसचिवको सरुवा : तीनलाई प्रदेशमा घुमाइँदा चार उक्लिए सिंहदरबार

राजदूत घिमिरेले दिए राजीनामा

बालेनविरुद्ध साइबर व्युरोमा जाहेरी,राहदानी रोक्का र तत्काल पक्राउ गर्न माग

कर अधिकृतसहित २ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

बेलायतबाट स्वदेश फिर्ता हुन लागे राजदूत घिमिरे

महाधिवेशन बिना चुनावमा जानु उचित होइन : मोहन आचार्य

अब प्यान नम्बर लगायतका करसम्बन्धी सेवाहरु स्थानीय तहबाटै पाइने

बिशेष