२१ सहसचिवको सरुवा : तीनलाई प्रदेशमा घुमाइँदा चार उक्लिए सिंहदरबार

सरकारले २१ जना सहसचिवको सरुवा गरेको छ । गत १७ कार्तिकमा बसेको मन्त्रिपरिषदको बैठकले २१ जना सहसचिवको सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार,१५ जना प्रशासन सेवाका,४ विविध सेवाका र २ जना नेपाल इञ्जिनियरिङ सेवाका रहेका छन् ।

बिज्ञापन

सरुवाको सूची अनुसार,संघबाट तीन सहसचिवहरुलाई प्रदेशमा खटाइँदा यस अघि प्रदेशमा रहेका तीन जना सहसचिवलाई एक प्रदेशबाट अर्काे प्रदेशमा घुमाइएको छ भने चार जना प्रदेशबाट सिंहदरबारमा ल्याइएको छ ।

बिज्ञापन

जस अनुसार प्रशासन सेवाका सहसचिव कोषहरि निरौलालाई सञ्चारबाट प्रदेश सचिवको जिम्मेवारीमा कोशी प्रदेश पुर्याइएको छ भने प्रधानमन्त्री कार्याल्यबाट नारायण अर्याललाई उद्योग, बागमति प्रदेशबाट केशवराज सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ ।

यस्तै,वागमति प्रदेशबाट रितेश शाक्यलाई चिकित्सा अध्ययन विज्ञान प्रतिष्ठानमा लगिएको छ भने त्यहाँ कार्यरत मनिता श्रेष्ठलाई युवा तथा खेलकुदमा पुर्याइएको छ ।
सरुवाको सूची अनुसार,प्रधानमन्त्री कार्यालयबाट रविलाल शर्मालाई सञ्चार मन्त्रालय,प्रेम प्रसाद आचार्यलाई श्रम मन्त्रालयमा खटाइएको छ भने यस अघि पेलानमा परेका अरुण पोखरेललाई वेपत्ता पारिएको व्यक्तिहरुको छानबिन आयोगमा लगेर थन्काइएको छ । यस्तै प्रदेशबाट नवराज ढकाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइपुगेका छन् भने लुम्बिनीबाट रामबाबु पुरीलाई बाग्मतीलाई घुमाइएको छ ।

बिज्ञापन

उद्धव रिजाललाई मधेशबाट कोशी पठाइँदा सूदुरपश्चिमबाट विरेन्द्र मिश्रलाई मधेश प्रदेशमा खटाइएको छ ।

sachiv saruwa 7 20

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

बिशेष