जेनजी विद्रोह पछि समेत सुध्रिएनन कर्मचारी,रगेहात पक्राउ पर्दैछन् धमाधम

बरु आकाशमा उड्ने पन्छीको गति पत्ता लगाउन सकिएला तर सरकारी कर्मचारीको डकैती र दुव्र्यवहारयुक्त मनोभाव बुझ्न असम्भवप्रायः छ । निजामतीमाथि लाग्दै आएको एउटा निर्मम आरोप हो,सेवाभित्र झण्डै ८० प्रतिशत खराब प्रवृत्तिका कर्मचारी छन्,२० प्रतिशत असल ! ती असल बोरामा कुहिएको आलुका संगतले अरु आलु सडे गलेझैंको हालतमा छन् । हिसाब किताब र बाँडफाँड नमिल्दा मात्र हो,तिमध्ये केही अख्तियारको फन्दामा पर्ने ! यत्रो जेनजी विद्रोह भयो तर पाएको र मिलेको खण्डमा कात्रोमा पनि कमिसन खान पछि नपर्ने जातको रुपमा चित्रित कर्मचारीतन्त्र एक अंश पनि सुध्रिएको छैन,उस्तै छ उनीहरुको घुस्याहा प्रवृत्ति ।

बिज्ञापन

जेनजी विद्रोह यतामात्र चार कर्मचारी,एक गुरु (प्राचार्य) र एक प्रहरी घुससहित रंगेहात पक्राउ फन्दामा परेका छन् । यसरी रंगेहात अख्तियारको फन्दामा पर्नेमा लेखा अधिकृत,प्रधानाध्यापकदेखि प्रहरीहरु रहेको अख्तियारको विवरण केलाउँदा भेटिन्छ । अख्तियारले भदौं २३ यता विभिन्न १८ वटा मुद्धा लैजाँदा पूर्वमन्त्री राजकुमार गुप्ता,रञ्जिता श्रेष्ठ,शरदसिंह भण्डारीको बहिनी संगीता,पूर्व अतिरिक्त सचिव संगीता मिश्र लगायतका ‘ठूला माछा’ प्रतिवादी बनेका छन् । १५ हजारदेखि साढे चार लाख नजराना बुझिरहेको अवस्थामा साना माछाहरु अर्थात खरिदार,लेखा अधिकृतहरु फन्दामा परेका हुन  !

बिज्ञापन

जेनजी विद्रोहको राप– ताप सेलाउन नपाउँदै असोज ३ मा बरिष्ठ लेखा अधिकृत १ लाख घुससहित पक्राउ परे । यसरी अख्तियारको फन्दामा परेका लेखा अधिकृत हुन् टंकबहादुर कार्की,उनी डुङ्गेश्वर गाउँपालिकामा कार्यरत थिए । सडक स्तरोन्नतिसम्बन्धी अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग १ लाख बुझ्दा अहिले निलम्बनमा परेका छन् । रंगेहात पक्राउ परेका अधिकृतलाई प्रतिवादी बनाएर अख्तियारले पक्राउ गरेको एक महिना १० दिनपछि विशेषमा मुद्धा लगिसकेको छ । जेनजी विद्रोहको ठ्याक्कै महिना दिनपछि अर्काे गुरु ४ लाख ५० हजार घुस सहित फन्दामा परे । उनी सहित घुस दिने विचौलिया अहिले अख्तियारको नियन्त्रणमा छन् । विद्यालयमा शिक्षक नियुक्ति गर्दा साढे चार लाख घुस लेन देन गर्ने विचौलिया र प्रधानाध्यापक पक्राउ परेका हुन । यसरी फन्दामा पर्नेमा रौतहटको जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद र बिचौलिया अरविन्दप्रकाश साह कानु रहेको अख्तियारले जनाएको छ । शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा सेवाग्राहीले रीतपूर्वक दर्खास्त दिएकोमा प्रधानाध्यापक संजय प्रसादले शिक्षक नियुक्तिका लागि बिचौलिया अरविन्दप्रकाश साह कानुमार्फत साढे चार लाख घुस डिल गरेको सूचना अख्तियारसम्म पुगेपछि टंगालबाट खटिएको टोलीले घुस लिन्या र दिन्या दुबैलाई क¥र्याप पारेको हो । यही बीचमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डीराज दाहाल स्टिङ्ग अप्रेसनमा परे । अख्तियारको टोलीले १ लाख २० हजार ८५० रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएका लेखा अधिकृतका मोबाइल डिभाइस १ थान र अन्य सम्बन्धित कागजातहरू नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यस्तै अख्तियारले सशस्त्र प्रहरी जवान याम बहादुर खत्रीलाई सेवाग्राहीबाट १५ हजार घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिसकेको छ ।

बिज्ञापन

सबैभन्दा घुस्याहा अधिकृत
अख्तियारको पछिल्लो प्रतिवेदन केलाउँदा अधिकृतस्तरका कर्मचारी सबैभन्दा घुस्याहा रहेको पाइन्छ । अख्तियारले बर्षभरीमा ३९२ कर्मचारी उपर मुद्धा चलाउँदा अधिकृतस्तरका १७२ कर्मचारी डामिएका छन् । प्रतिवेदनमा अघिल्लो आर्थिक बर्षमा एक सचिव, २४ सहसचिव, २४ जना उपसचिव प्रतिवादी बनाइँदा भ्रष्ट्राचार मुद्धामा शाखा अधिकृत १७२ जना डामिएका छन् भने सहायकस्तरका १४१ जना प्रतिवादी बनाइएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

बिशेष