अवैद्य गर्भपतन गराउँदै आएको क्लिनिकलाई प्रहरी र प्रशासनको उन्मुक्ति,स्थानीय आक्रोशित

अवैद्य रुपमा गर्भपतनको धन्दा चलाउँदै आएको एक क्लिनिकलाई प्रशासन र प्रहरीले संरक्षण गरिरहेको भन्दै स्थानीयहरुले आक्रोश पोखेका छन् । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा अवस्थित शिवशक्ति स्वास्थ्य क्लिनिकले केही साता अघि एक महिलालाई गर्भपतन गराएर शिशुलाई फाल्न लागिएको अवस्थामा स्थानीयहरुले भेटेपछि सो प्रकरण बाहिरिएको हो ।
काठमाडौंमा लिभिङ टुगेदरका बसिरहेका एक जोडीले सिन्धुपाल्चोक पुगेर सोही क्लिनिकबाट अवैद्य रुपमा गर्भपतन गराएको बिषय बाहिरिएको हो । सोही क्लिनिकले ८ महिनाको गर्भ पतन गराएको स्थानीयहरुले जनाएका छन् ।  गर्भपतन पछि बच्चा फाल्न लैजाँदा सो क्लिनिकको कर्मचारीलाई रंगहोत भेट्टाएर केरकार गर्दा यो प्रकरणमा क्लिनिकले गरेको गम्भीर बदमासी बाहिर आएको हो ।

बिज्ञापन

डेढ बर्षदेखि सिन्धुपाल्चोकको मेलम्चीमा सञ्चालित उक्त क्लिनिकले पटक पटक अवैद्य गर्भपतन गराउँदै आएको बिषय समेत सँगै प्रकाशमा आएको छ । यस अघि समेत यसैगरी  गर्भपतन गराउँदा लफडा नै निस्किएको थियो ।८१ साल वैशाख १३ मा उक्त संस्था औषधि व्यवस्था विभागमा दर्ता भएको देखिन्छ । सोही संस्थाले पछिल्ला दिनमा अवैद्य गर्भपतन गराउँदै आएको स्थानीयहरुको आरोप छ । उक्त क्लिनिकका सञ्चालक तथा अध्यक्ष हुन आनन्द प्रसाद दाहाल,आफ्नै नातेदार छन् चिकित्सकको रुपमा कार्यरत । सोही संस्थाले अवैद्य रुपमा  गर्भपतन गराइरहेको बिषयमा जिल्ला प्रशासनदेखि प्रहरी प्रशासनसम्म कुरा पुगे पनि कुनै लिखित र मौखिक उजुरी नआएको जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

बिज्ञापन

सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले उक्त स्वास्थ्य संस्थाले अवैद्य गर्भपतन गराएको बिषय आफूहरुले सुनेको तर लिखित उजुरी कहिँ कतै दर्ता भएको वा नभएको बिषयमा प्रहरीसँग सोधपुछ गर्दा कहिँ कतै लिखित उजुरी नभएको जानकारी प्राप्त भएसँगै स्वास्थ्य कार्यालयलाई यस बिषयमा अनुमगन गरी रिर्पोट पेश गर्न निर्देशन दिएको प्रतिक्रिया दिए । स्वास्थ्य कार्यालयको रिर्पोट पछि स्वास्थ्य कार्यालयले कारवाही गर्न मिल्ने भए यतै कारवाही हुने, नभए स्वास्थ्य मन्त्रालयमा पठाइने प्रमुख जिल्ला अधिकारी बास्तोलाले प्रतिक्रिया दिएका छन् ।

तर स्थानीयहरुले भने अवैद्य गर्भपतन गराउँदै आएको उक्त संस्थालाई प्रहरी र प्रशासनले मोटो रकम लिएर बचाउन लागिपरेको आरोप लगाएका छन् । तर,अस्पतालका सञ्चालक आनन्द दाहालले गत भाइटीकाका दिन नगर अस्पतालले डेलिभरी गर्न नमानेको केश आफ्नो क्लिनिकमा आएपछि आफूहरुको क्लिनिकमा नर्मल डेलिभरी गराएको र अहिले बच्चा परिवारलाई जिम्मा लगाइसकेका कारण बाहिर आएका हल्लामा सत्यता नभएको प्रतिक्रिया दिएका छन् । आफ्नो क्लिनिकमा अवैद्य गर्भपतन गराउने गरेको बिषय नै झूठो रहेको उनको प्रतिक्रिया छ ।

बिज्ञापन

तर सिन्धुपाल्चोक नगर अस्पतालमा कर्मचारी प्रेसले बुझ्दा उक्त दिन यस प्रकारको केस नआएको दावी गरेको छन् ।सो दिन डियुटीमा रहेको कर्मचारीले नै यस माथि उल्लेख गरिएजस्तो प्रकरण अस्पतालमा नआएको जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नापिका २१ हाकिमहरू फेरिए

१४ ठेकेदारलाई सात दिने पूर्जी

‘यो बालेन इफेक्ट हो’: पूर्वसचिव उपाध्यायको विश्लेषण

प्रहरीको परीक्षामा खेताला उमेद्धारको विगबिगी : बर्ष दिनमै ३६ परीक्षार्थी कारवाहीमा

पूर्व गृहमन्त्रीका नातेदारलाई छानी छानी नियुक्ति

अवैद्य गर्भपतन गराउँदै आएको क्लिनिकलाई प्रहरी र प्रशासनको उन्मुक्ति,स्थानीय आक्रोशित

स्वास्थ्य मन्त्रालयमा सेटिङ साम्राज्य भत्कियो: रायमाझी हटाइए, इमानदार पण्डित जोखिमपूर्ण कुर्सीमा

खरिदारदेखि उपसचिव तहका ४१ कर्मचारीहरुको सरुवा

बिशेष