१० शाखा अधिकृतको सरुवा,स्थानीय तहबाट ४ निर्वाचन आयोगमा ल्याइँदा सामान्यबाट एक पुगे स्थानीय तह

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप १० जना शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले पछिल्ला दिनमा किस्ता किस्तामा कर्मचारी सरुवा गरिरहेको छ ।
यस अघि महिनामा दुई दिन मात्र कर्मचारी सरुवा गर्दै आएको सामान्यले पछिल्लो समय हरेक दिन कर्मचारीहरुको किस्ताबन्दीमा सरुवा जारी राखेको छ । सामान्यले विभिन्न स्थानीय तहमा कार्यरत ४ जना शाखा अधिकृतलाई निर्वाचन आयोगमा सरुवा गरेको छ । यस्तै एक इञ्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग,लोकसेवा आयोगबाट एक अधिकृतलाई गृहमा ल्याएको छ ।
मन्त्रालयले गरेको सरुवा विवरण अनुसार, भीमफेदी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत,चिचिला गाउँपालिकामा कार्यरत शाखा अधिकृत सन्तोष राई,उमाकुण्ड गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुनिता अर्याल र गढी गाउँपालिकाको शाखा अधिकृत सुनिता रिमाललाई निर्वाचन आयोगमा सरुवा गरेको छ ।
यस्तै,सामान्यको अतिरिक्त समूहमा रहेका धनेन्द्र भुजेललाई उमाकुण्ड गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेर गएका छन् भने जिल्ला प्रशासन कार्यालय संखुवासभाका शाखा अधिकृत गौरिकान्त भट्टराई भूमि व्यवस्था मन्त्रालयमा आएका छन् । लोकसेवाबाट कृष्ण सुवेदी गृह मन्त्रालय,जिप्रका बाराबाट सितल बहादुर रावल राष्ट्रिय किताबखाना(प्रहरी),गृहका शाखा अधिकृत युवराज कट्टेललाई भूमि व्यवस्था मन्त्रालय र स्थानीय पूर्वाधार विकास विभागका इञ्जिनियर वासुदेव रिमाललाई अख्तियारमा खटाइएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्य दुई कर्मचारी ११ औं तहमा बढुवा सिफारिस

विश्व भूराजनीति र आन्तरिक राष्ट्रवादको चुनौती

विदेशमा रहेका व्यक्ति र फेल व्यक्तिलाई लाइसेन्स, तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

निष्पक्ष निर्वाचनका लागि पूर्वीय मूल्यहरूको योगदान

रेशम चौधरी चुनाव लड्न नपाउने

तत्कालीन महानिर्देशकलाई प्रमाण बुझ्न आदेश,फुँयाल साधरण तारेखमा रिहा

भूमि अधिकार सुनिश्चित गर्न राजनीतिक दललाई राष्ट्रिय भूमि सञ्जालको दबाब, घोषणा पत्रमै प्रतिबद्धता माग

सात हजार निजामती कर्मचारी बिदामा,दुरुपयोगको आशंकापछि धमाधम शुद्धीकरण गर्दै किताबखाना

बिशेष