उपसचिवले खुलाउन सकेनन डेढ करोड सम्पत्तिको वैद्य स्रोत,बुहारीसमेत प्रतिवादी

झण्डै ३२ बर्ष सरकारी जागिर खाँदा वन अधिकृत दानबहादुर श्रेष्ठले एक करोड ४३ लाख १८ हजार अवैद्य आर्जन गरेको भन्दै अख्तियार विशेषमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । डिभिजन वन कार्यालय इलाममा डिभिजनल वन अधिकृतमा कार्यरत रही हाल डिभिजन वन कार्यालय भोजपुरमा रहेका श्रेष्ठविरुद्ध पदमा रहँदा गैरकानूनी रूपमा १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको अकूत सम्पत्ति आर्जन गरेको र सो को स्रोत खुलाउन नसकेपछि उनीविरुद्ध अख्तियार लागेको हो ।

बिज्ञापन

श्रेष्ठ २०४८ साल असार २६ गते सरकारी सेवामा प्रवेश गरेका थिए । सेवामा प्रवेश गरेदेखि २०८० फागुन १६ गतेसम्मको अवधिमा उनले २ करोड १६ लाख ८५ हजार ५ सय ५७ रुपैयाँ आर्जन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो । सोही अवधिमा उनको खर्च भने ३ करोड ६० लाख ४ हजार ४ सय ९५ रुपैयाँ थियो । समग्रमा कुल आयभन्दा व्यय १ करोड ४३ लाख १८ हजार ९ सय ३७ रुपैयाँ बढी भई स्रोत पुष्टि हुन नसकेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनको जागिरे अवधिको वैद्य आय दुई करोड १६ लाख ५० हजार देखिए पनि खर्च तीन करोड ६० लाखभन्दा बढी भएको निष्कर्ष निकालेको छ। श्रेष्ठ इलाम डिभिजन वन कार्यालयका तत्कालीन डिभिजनल वन अधिकृत (दशौँ तह) रहँदा गैरकानुनी ढंगले करोडौँ सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

बिज्ञापन

अख्तियारले एक करोड ४३ लाख १८ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको र पेश गरिएको सम्पत्ति विवरण समेत मेल नखाएकाले अख्तियारले भ्रष्टाचारको आरोप लगाउँदै मुद्दा दायर गरेको हो ।

अख्तियारले गैरकानुनी कमाइको रकम बुहारी भावना बरुवाल सञ्चालक रहेको फरेस्ट एण्ड इन्भाइरोमेन्ट रिसर्च अर्गानाइजेशन प्रालि मा लगानी गरेको पाइएको छ । सम्पत्ति जफतका लागि श्रेष्ठकी पत्नी नरमाया श्रेष्ठ र बुहारी भावना बरुवाल दुवैलाई सह–प्रतिवादी बनाइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

बिशेष