सरकारी प्रतिवेदन भन्छ – संघमै २० हजार ६ सय जनशक्ति कम,कसरी हुन्छ १० प्रतिशत दरबन्दी कटौती ?

संघीय सेवामै २० हजार ६७१ जनशक्ति कम रहेको एउटा सरकारी निकायको आँकडाले देखाएको छ । अहिले दरबन्दी कटौती गर्ने चर्चाका बीच निजामती किताबखानाको भदौं महिनासम्मको विवरण केलाउँदा संघमा मात्र २० हजार ६७१ जनशक्ति कम रहेको भेटिन्छ ।

बिज्ञापन

विभिन्न १२ वटा सेवा समूहमा गरी संघीय सेवातर्फ ६१ हजार ८३७ दरबन्दी स्वीकृत गरेकोमा हाल ४१ हजार १ सय ६६ मात्र कार्यरत रहेको पाइएको छ । राष्ट्रिय किताबखाना (निजामती) बाट ८२ भदौं २० सम्मको तथ्याङ्कका आधारमा संघमा ६१ हजार ८ सय ३७ कर्मचारीहरुको दरबन्दी रहेकोमा हाल २० हजार ६७१ जनशक्ति कम रहेको भेटिएको हो ।
प्राप्त विवरण अनुसार नेपाल आर्थिक योजना तथा तथ्यांक सेवामा ३६५ जनाको दरबन्दी रहेकोमा २९१ जनशक्ति कार्यरत रहेका छन् । यस्तै,नेपाल इञ्जिनियरिङ सेवा १० हजार १३५ जनाको दरबन्दी रहेकोमा हाल ६ हजार ५ सय ७१ जना कार्यरत रहेका छन् । नेपाल कृषि सेवातर्फ १ हजार ४३५ दरबन्दी स्वीकृत भएकोमा १ हजार २८५ जनशक्ति कार्यरत छन् । यस्तै,नेपाल न्याय सेवातर्फ ९ हजार चार सय पाँच दरबन्दी स्वीकृत रहेकोमा ४ हजार सात सय ५४ जना कार्यरत छन् ।
किताबखानाको तथ्यांक अनुसार,नेपाल परराष्ट्र सेवातर्फ ४५६ को दरबन्दी स्वकीृत भएकोमा हाल २९० जनशक्ति सो सेवामा कार्यरत छन् । यस्तै नेपाल प्रशासन सेवातर्फ २७ हजार ५ सय ५९ दरबन्दी स्वीकृत भएकोमा हाल सो सेवामा १७ हजार ८८ जनशक्ति कार्यरत रहेका छन् । यस्तै,नेपाल लेखापरीक्षणतर्फ १०३० दरबन्दी स्वीकृत रहेकोमा ४८६ जना कार्यरत छन् भने २७८५ दरबन्दी स्वीकृत रहेको नेपाल वन सेवामा हाल १९८५ जनशक्ति कार्यरत रहेका छन् यस्तै विविध सेवातर्फ २ हजार ९ सय ७० दरबन्दी स्वीकृत रहेकोमा हाल २२३७ जनशक्ति कार्यरत रहेका छन् ।

बिज्ञापन

शिक्षा सेवातर्फ १ हजार ५७ दरबन्दी स्वीकृत भएकोमा सो सेवामा ८५१ जनशक्ति कार्यरत रहेका छन् । ७२५ दरबन्दी रहेको संसद सेवामा हाल २५० र ३९१५ दरबन्दी स्वीकृत रहेको स्वास्थ्य सेवातर्फ ५ हजार ७८ जनशक्ति कार्यरत रहेको किताबखानाले जनाएको छ । यस्तै सात प्रदेशमा जम्मा ५ हजार ३ सय ४१ र ७ सय ५३ स्थानीय तहमा जम्मा ६५ हजार ५ सय ५६ दरबन्दी गरी देशभर कुल १ लाख ३२ हजार ७ सय ३४ स्वीकृत रहेको निजामती किताबखानाले जनाएको छ ।

बिज्ञापन

निजामती सेवाका सचिवहरूले संघीय तहमा रहेका दरबन्दीहरु २० प्रतिशतले कटौती गर्ने निर्णय गरेका थिए ।

मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा सचिवहरूको बैठकले २० असोजभित्र संशोधित दरबन्दी स्वकृतीका लागि मन्त्रिपरिषदमा पेश गर्ने निर्णय लिएका थिए । राष्ट्रिय किताबखानाको वार्षिक प्रतिवेदन अनुसार, गत आर्थिक वर्षमा संघीय तहमा ५१ हजार ७२६ जना कर्मचारीको दरबन्दी थियो । यदि २० प्रतिशत दरबन्दी कटौती भएमा १० हजार ३ सयको दरबन्दी कटौती हुनेछ । कटौतीको निर्णय कार्यान्वयन भएमा संघीय तहको कर्मचारी दरबन्दी ४० हजारमा सीमित हुनेछ ।

२०७५ सालमा कर्मचारी समायोजन गर्दा सङ्घमा ४८ हजार ४०९ जना कर्मचारी, प्रदेशमा २२ हजार २९७ र स्थानीय तहमा ६६ हजार ९०८ समेत गरी एक लाख ३७ हजार ६१४ दरबन्दी स्वीकृत गरिएको थियो । पछिल्लो समय प्रदेश र स्थानीय तहमा कर्मचारीको दरबन्दी नबढे पनि सङ्घमा भने अनावश्यक रूपमा कर्मचारीको दरबन्दी बढाउँदै लगिएको छ । प्रदेश र स्थानीय तहमा आवश्यक जनशक्ति नहुँदा संघमा भने दरबन्दी थप्दै गएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

बिशेष