भूमि व्यवस्थापन विभागमा ठूलो संख्यामा सरुवाको तयारी, लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढ्दै

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले कर्मचारीहरूको सरुवाको तयारी तीव्र पारेको छ। केही समयदेखि रोकिएको सरुवा प्रक्रिया अब फेरि अघि बढ्न लागेको विभाग स्रोतले जनाएको छ।

बिज्ञापन

 

बिज्ञापन

जेन्जी आन्दोलन र मन्त्रालय मन्त्रीविहीन रहेकाले केही समय सरुवा रोकिएको भए पनि अब विभागले सरुवाको अन्तिम तयारी थालेको हो। विभागले गत असोज १२ गते थोरै सङ्ख्यामा मात्र सरुवा गरेको थियो, तर यसपटक ठूलो संख्यामा कर्मचारी सरुवा हुने तयारी भएको बताइएको छ।

 

बिज्ञापन

विभागका अनुसार सरुवाको सूचीमा अवधि पुगेका, काजमा खटिएका, मन्त्रालय तथा विभागमा गुनासा आएका, सरुवा भएर पनि एउटै कार्यालयमा कार्यरत रहेका र लामो समय एउटै स्थानमा बसेका कर्मचारीहरू समावेश हुने छन्।

 

विभाग स्रोतका भनाइअनुसार, सरुवासम्बन्धी प्रारम्भिक सूची तयार पार्ने काम भइरहेको छ र अन्तिम निर्णय मन्त्रालयको स्वीकृतिपछि लागू गरिनेछ। विभागले यसपटक सरुवामा पारदर्शिता र निष्पक्षता कायम राख्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

बिशेष