९ जना लेखा अधिकृतको सरुवा

महालेखा नियन्त्रक कार्यालयले ९ जना लेखा अधिकृतहरुको सरुवा गरेको छ ।
महालेखाले गत बिहिबारको निर्णय अनुसार विभिन्न मन्त्रालय,कार्यालय र निकायमा कार्यरत रहेका अधिकृतहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार,लेखा अधिकृत श्याम सुन्दर साहलाई जिल्ला प्रशासन कार्यालय ववरमहलबाट अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा सरुवा गरेको छ । यस्तै,सडक डिभिजन चन्द्रनिगाहपुर रौतहटमा कार्यरत टेकनाथ रेग्मीलाई कोष नियन्त्रकको रुपमा कोलनिका त्रिपुरेश्वरमा ल्याएको छ । महालेखाले कोलनिका पर्सामा कार्यरत सन्तोष प्रसाद कुशवाहालाई सडक डिभिजन चन्द्रनिगाहपुर रौतहटमा खटाएको छ । राम विनय मुखियालाई कोलनिका बाराबाट कोलनिका पर्सामा लेखा नियन्त्रको जिम्मेवारीसहित पठाएको छ ।
यस्तै,खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा कार्यरत पूर्ण प्रसाद पोखरेललाई सडक डिभिजन लहान सिराहामा खटाएर सिराहा सडक डिभिजनमा कार्यरत पार्वती थापालाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौंमा ल्याएको छ ।
उच्च अदालत तुल्सीपुर दाङमा कार्यरत रहेका निखिल श्रेष्ठ जिल्ला प्रशासन कार्यालय ववरमहलमा आएका छन् भने कोलनिका त्रिपुरेश्वरमा कार्यरत भानुभक्त उपाध्याय चुरे उत्थानशील आयोजना,ववरमहलमा पुगेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत लेखा अधिकृत विनोद दाहाललाई उच्च अदालत दाङ पुर्याइएको छ ।
महालेखाले किस्ताबन्दीमा कर्मचारीको सरुवा गरेको भन्दै लेखाका कर्मचारी वृत्तमा आलोचना शुरु भएको छ । बुधबारमात्र लेखाले १२ जना उपसचिवहरुको सरुवा गरेको थियो भने हिजो ९ अधिकृतहरुको सरुवा गरेको हो ।

बिज्ञापन

Saruwa_lekha officers

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रिय सभामा आज विधेयक केन्द्रित एजेन्डा, सामाजिक सञ्जाल र पर्यटन विधेयकमाथि छलफल

स्वास्थ्य दुई कर्मचारी ११ औं तहमा बढुवा सिफारिस

विश्व भूराजनीति र आन्तरिक राष्ट्रवादको चुनौती

विदेशमा रहेका व्यक्ति र फेल व्यक्तिलाई लाइसेन्स, तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

निष्पक्ष निर्वाचनका लागि पूर्वीय मूल्यहरूको योगदान

रेशम चौधरी चुनाव लड्न नपाउने

तत्कालीन महानिर्देशकलाई प्रमाण बुझ्न आदेश,फुँयाल साधरण तारेखमा रिहा

भूमि अधिकार सुनिश्चित गर्न राजनीतिक दललाई राष्ट्रिय भूमि सञ्जालको दबाब, घोषणा पत्रमै प्रतिबद्धता माग

बिशेष