कम्पनी रजिष्ट्रारबाट २ उपसचिव,१४ अधिकृत ‘आउट’,फ्रेस ५ उपसचिव १५ अधिकृतको ‘इन्ट्री’

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ जना उपसचिव र १४ जना पूराना शाखा अधिकृतहरुलाई त्यहाँबाट सरुवा गरेर फ्रेस अफिसर्सहरु खटाएको छ ।
मन्त्रालयले एकै लटमा १४ जना शाखा अधिकृतहरुलाई एकै लटमा कम्पनी रजिष्ट्रारको कार्यालयमा खटाएको छ ।

बिज्ञापन

मन्त्रालयले विभिन्न मन्त्रालय र कार्यालयहरुबाट सरुवा भएर आएका १४ अधिकृतहरुलाई सहायक रजिष्ट्राको जिम्मेवारीसहित कम्पनी रजिष्ट्रारको कार्यालयमा पदस्थापन गरेको हो ।

बिज्ञापन

यसरी कम्पनी रजिष्ट्रारको कार्यालयमा पदस्थापन पाएका शाखा अधिकृतहरुमा तुलबहादुर काउचा,चक्र बहादुर घर्ती,दिलिप कुमार महर्जन,मनोहर थापा, दिनेश के एस,जानुका कुमारी पोखरेल,हेमराज घर्तीमगर,प्रकाश नेपाल,चेतन कुमार खत्री लगायत रहेका छन् । यस्तै मन्त्रालयले नरेश गिरी,पर्शुराम दाहाल,रेशम बहादुर बुढा,तारा बहादुर तमाङ र सुशील पनेरुलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा सहायक रजिष्ट्राको रुपमा खटाउँदा ध्रुव दयाल र सुवाष चन्द्र सुमनलाइए मन्त्रालयमा पदस्थापन गरेको छ । त्यहाँ मन्त्रालयबाट शाखा अधिकृत गायत्र श्रेष्ठ सरुवा भएर पुगेका छन् ।

यस्तै मन्त्रालयले ५ जना उपसचिवलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा पदस्थापन गरेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा पदस्थापन भएका उपसचिवहरुमा जेमा सुव्वा,सन्ध्या सिग्देल,चेतनाथ अर्याल,राम प्रसाद ज्ञवाली र नारायण प्रसाद भण्डारी रहेका छन् ।

बिज्ञापन

त्यहाँ कार्यरत रहेका उपसचिव देवी सुवेदी र ज्ञानराज कोइरालालाई सरुवा गरिएको छ भने शाखा अधिकृतहरुमा लोकराज खत्री,नृपराज उपाध्याय,सरोज भट्ट,शैलेश यादव,रविन कार्की,रेशम भण्डारी,भीम प्रसाद पराजुली,कन्हैया कुमार मिश्र,अनुस आचार्य,लिलाराज काफ्ले,सुमित मगर,संगीता चौलागाई,वेद प्रकाश खतिवडा,रमेश सिंह भण्डारी,प्रकाश घिमिरेसहित १४ जना शाखा अधिकृतहरु कम्पनी रजिष्ट्रार कार्यालयबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

बिशेष