महिना दिनमै फेरिए मन्त्रीका निजी सचिव,कम्पनी रजिष्ट्रारको सेटै चेञ्ज

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले आफू अनुकुलको टिम बनाउने प्रक्रिया अगाडि बढाएका छन । यस अघि सहसचिव शम्भु मरासिनीलाई उद्योगमा भित्र्याएका मन्त्री अनिल कुमार सिन्हाले आफ्नो सचिवालयमा रहेका कर्मचारी हेरफेर गरेका छन् ।

बिज्ञापन

मन्त्री सिन्हाको निजी सचिवको भूमिकामा रहेका सुमन धिताललाई सरुवा गरेर त्यहाँ राजु कुँवरलाई भित्र्याइएको छ । यस्तै मन्त्रालयले ८ जना उपसचिवलाई कम्पनी रजिष्ट्राको कार्यालयमा पदस्थापन गरेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा पदस्थापन भएका उपसचिवहरुमा जेमा सुव्वा,सन्ध्या सिग्देल,चेतनाथ अर्याल,राम प्रसाद ज्ञवाली र नारायण प्रसाद भण्डारी रहेका छन् । यस्तै तीन उपसचिवलाई वाणिज्य विभाग र मन्त्रालय मातहत पदस्थापन गरिएको मन्त्रालय ले जनाएको छ । मन्त्रालयबाट वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको निर्देशकको रुपमा विनोद उपाध्याय,मेघनाथ शंकरलाई विशेष आर्थिक क्षेत्र सेजमा कामकाजमा खटाइएको छ भने राजु कुँवरलाई मन्त्रीको निजी सचिवालयमा कामकाजका लागि खटाइएको छ ।
यस्तै तुलसी राम अर्याललाई खानी तथा भूगर्भ विभागबाट लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्र,त्यहाँ कार्यरत रहेका रामकृष्ण श्रेष्ठलाई मन्त्रालयको योजना तथा बजेट महाशाखा,कम्पनी रजिष्ट्रारबाट देवी सुवेदीलाई मन्त्रालय,कम्पनी रजिष्ट्रारबाट ज्ञाननाथ कोइरालालाई मन्त्रालयमा तानेर कामकाजका लागि उपभोक्ता हित संरक्षण विभाग,घरेलु,साना मझौला उद्योग शाखाबाट इन्दु थपलियालाई उद्योग विभागमा निर्देशक,सुरेश दाहाललाई उद्योग विभाग,पशुपति पुरीलाई उद्योग विभागमा सरुवा गरिएको छ ।
यस्तै,दशरथ ओडलाई घरेलु साना तथा मझौला उद्योग शाखा,सृजना तिवारीलाई वैदेशिक लगानी तथा वौद्धिक सम्पत्ति शाखा र हाल मन्त्रीको सचिवालयमा रहेका सुमन धिताललाई अनुगमन मुंल्याकन शाखातिर सारिएको छ ।
यस्तै उद्योग मन्त्रालयले शाखा अधिकृत गायत्र श्रेष्ठ कम्पनी रजिष्टरको कार्यालयमा सरुवा गरेको छ भने लोकराज खत्री गुणस्तर तथा नापतौल विभाग,नृपराज उपाध्याय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सरुवा भएका छन् । त्यहाँ कम्पनी रजिष्ट्राबाट अधिकृतहरु शैलेश यादव,सरोज भट्ट रविन कार्की,रेशम भण्डारी,भीम प्रसाद पराजुली,कन्हैया कुमार र अनुस आचार्य सरुवा भएका छन् ।
यस्तै,गुणस्तर नापतौल विभागमा रहेका लिलाराज काफ्ले मन्त्रालय,कम्पनी रजिष्ट्रारबाट सुमित मगर,संगीता चौलागाई,रमेश सिंह भण्डारी,प्रकाश घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ ।
सरुवाको सूची अनुसार, लघु घरेलु तथा साना उद्योगबाट चन्द्रदेव जोशी,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट विणा नेम्कुल श्रेष्ठ,मंगल बहादुर विष्ट,लोकराज सुवेदी उद्योग विभागबाट एकनाथ बास्तोला,भाष्कर दाहाल मन्त्रालयमा सरुवा भएका छन ।
मन्त्रालयबाट विमला भुषाल,लोकेन्द्र सिंह नेगी,उषा थपलिया पाण्डे,दुर्गा लम्साललाई उद्योग विभाग,त्रिपुरेश्वरमा सरुवा गरिँदा गीता तिवारी खानी तथा भूगर्भ विभागबाट उद्योग मन्त्रालयमा आएकी छिन भने मन्त्रालयबाट पवन अर्याल खानी विभाग पुगेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

बिशेष