इलाममा आज रातिदेखि सवारी आवागमन रोक

 बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण इलाममा सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय इलामले बुधबार सूचना जारी गर्दै बिहीबार बेलुका ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म मेची राजमार्गमा सबै प्रकारका सवारी सञ्चालन रोक्न निर्देश दिएको हो।

बिज्ञापन

 

बिज्ञापन

प्रशासनले जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमान उद्धृत गर्दै आगामी तीन दिन— बिहीबार दिउँसोदेखि कात्तिक १५ गते शनिबार बिहानसम्म — कोशी प्रदेशसहित देशका धेरै भू–भागमा वर्षा र हावाहुरीको सम्भावना रहेको जनाएको छ।

 

बिज्ञापन

विपद् जोखिम न्यूनीकरणका दृष्टिले सतर्कता अपनाउँदै सवारी सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ। “अत्यधिक वर्षाका कारण सडकमा पहिरो, अवरोध वा अन्य विपद् हुनसक्ने भएकाले जनजीवन र यात्रु सुरक्षा प्राथमिकतामा राखी यस्तो निर्णय गरिएको हो,” सूचनामा भनिएको छ।

 

प्रशासनले यात्रु तथा सवारी चालकहरूलाई आवश्यक सावधानी अपनाउन र असुरक्षित यात्राबाट जोगिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रदेश लोकसेवाले माग्यो सहायकस्तर चौथो तहमा ५ सय ३३ कर्मचारी

राष्ट्रिय सभामा आज विधेयक केन्द्रित एजेन्डा, सामाजिक सञ्जाल र पर्यटन विधेयकमाथि छलफल

स्वास्थ्य दुई कर्मचारी ११ औं तहमा बढुवा सिफारिस

विश्व भूराजनीति र आन्तरिक राष्ट्रवादको चुनौती

विदेशमा रहेका व्यक्ति र फेल व्यक्तिलाई लाइसेन्स, तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

निष्पक्ष निर्वाचनका लागि पूर्वीय मूल्यहरूको योगदान

रेशम चौधरी चुनाव लड्न नपाउने

तत्कालीन महानिर्देशकलाई प्रमाण बुझ्न आदेश,फुँयाल साधरण तारेखमा रिहा

बिशेष