चालु आर्थिक बर्षको तीन महिनामै तीन सचिवले दिए राजीनामा

चालु आर्थिक बर्ष शुरु भए यताका पछिल्लो तीन महिनामा तीन सचिवले पदबाट राजीनामा दिएका छन् । कसैको जागिर अवधि अढाइ बर्ष त केहीको चार महिना अवधि बाँकी हुँदै पदबाट राजीनामा दिएका हुन ।
यसरी राजीनामा दिनेका बीचमा थपिएका छन्,राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्याल ।  गत ८० साल वैशाख २१ गते राष्ट्रिय सभाको सचिवमा नियुक्त भएका अर्यालले मंगलबारदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएका हुन् ।

बिज्ञापन

पाँच बर्ष कार्यकालका लागि नियुक्ति पाएका अर्यालले साढे दुई बर्षमै पदबाट राजीनामा दिएका हुन । अर्यालले दिएको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ ।
यस अघि राष्ट्रिय सभाकै सहसचिव रहेका अर्याल बढुवा हुँदै राष्ट्रिय सभाका सचिवमा नियुक्त भएका थिए । तर जिम्मेवारी पाएको अढाइ बर्षमै उनले पदबाट राजीनामा दिएका हुन ।

बिज्ञापन

राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम’ कात्तिक ११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट राजीनामा दिएको जानकारी गराएको छ ।

चालु आर्थिक बर्ष लागे यता अर्याल सहितका तीन सचिवहरुले राजीनामा दिइसकेका छन् । यस अघि नायब महान्यायाधिवक्ता डा टेकराज घिमिरे र सचिव भरतमणि सुवेदीले राजीनामा दिएका थिए । साउन ५ गते अनिवार्य अवकाशमा गएका घिमिरेले साउन २ गते राजीनामा दिएका थिए । उनको राजीनामा साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । ।

बिज्ञापन

घिमिरेको राजीनामा स्वीकृत भएको एक महिना नपुग्दै उनले अर्को राजनीतिक नियुक्ति पाएका छन् । उनलाई भदौ २ गतेको मन्त्रिपरिषद्को बैठकले प्रशासकीय अदालतको अध्यक्षमा नियुक्त गरेको छ । घिमिरेले राजीनामा दिएर अर्को पदमा नियुक्त भएको एक सातामै अर्का सचिव सुवेदीले राजीनामा दिएका थिए । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव सुवेदीले पाँच वर्षे कार्यकाल सकेर अनिवार्य अवकाशमा जानुभन्दा ४ महिना अगाडि नै पदबाट राजीनामा दिए । भदौ ८ गते सचिव सुवेदीले दिएको राजीनामा भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत भएको थियो । सचिव सुवेदी आगामी पुस २९ गते पाँच वर्षे कार्यकाल सकेर अनिवार्य अवकाशमा जाने थिए । त्यसको ४ महिना अगाडि नै उनी निजामती सेवाबाट बाहिरिएका हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रदेश लोकसेवाले माग्यो सहायकस्तर चौथो तहमा ५ सय ३३ कर्मचारी

राष्ट्रिय सभामा आज विधेयक केन्द्रित एजेन्डा, सामाजिक सञ्जाल र पर्यटन विधेयकमाथि छलफल

स्वास्थ्य दुई कर्मचारी ११ औं तहमा बढुवा सिफारिस

विश्व भूराजनीति र आन्तरिक राष्ट्रवादको चुनौती

विदेशमा रहेका व्यक्ति र फेल व्यक्तिलाई लाइसेन्स, तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

निष्पक्ष निर्वाचनका लागि पूर्वीय मूल्यहरूको योगदान

रेशम चौधरी चुनाव लड्न नपाउने

तत्कालीन महानिर्देशकलाई प्रमाण बुझ्न आदेश,फुँयाल साधरण तारेखमा रिहा

बिशेष