काम नगर्ने ठेकेदारलाई सडक डिभिजन काठमाडौको कडा जवाफ — ‘अब सुधार नभए ठेक्का समाप्त

सडक डिभिजन कार्यालय काठमाडौँले निर्माण कार्यमा लापरबाही देखाउने ५७ निर्माण कम्पनीलाई १५ दिनभित्र ठेक्का नतोड्ने कारण बताउन निर्देशन दिएको छ।

बिज्ञापन

डिभिजनले असोज ११ गते सार्वजनिक सूचना जारी गर्दै लामो समयदेखि काममा ढिलाइ गर्दै आएका ठेकेदार कम्पनीहरूलाई स्पष्टीकरण माग गरेको हो। सूचनामा उल्लेख भएअनुसार ठेक्का सम्झौताअनुसारको प्रगति सन्तोषजनक नभएको, पटक–पटक मौखिक तथा लिखित निर्देशन दिइए पनि सुधार नआएको र म्यादसमेत समाप्त भइसकेको हुँदा ठेक्का अन्त्य गर्ने तयारी गरिएको जनाएको छ।

बिज्ञापन

डिभिजनले ठेकेदार कम्पनीहरूलाई चेतावनी दिँदै भनेको छ —“ठेक्का सम्झौताको प्रावधानअनुसार ठेक्का अन्त्य किन नगर्ने? ठेक्का अन्त्य गर्नु नपर्ने कुनै यथोचित कारण भए १५ दिनभित्र आधिकारिक प्रतिनिधि सहित कार्यालयमा उपस्थित हुन अनुरोध छ, अन्यथा सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ बमोजिम ठेक्का अन्त्यको प्रक्रिया अघि बढाइनेछ।”

सूचनामा नाम समावेश भएका ठेकदार कम्पनीहरूमा शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रा.लि., पूर्ण विनायक/सफल जे.भी., कश्यप निर्माण सेवा, पप्पु/डाँफे जे.भी., त्रिवेणी कन्स्ट्रक्सन कम्पनी प्रा.लि., सम्झना निर्माण सेवा, पन्थ कन्स्ट्रक्सन प्रा.लि., राजधानी कन्स्ट्रक्सन, देशप्रेम निर्माण सेवा, गौरी पार्वती/देशप्रेम जे.भी. लगायतका ठूला कम्पनीहरू परेका छन्।

बिज्ञापन

डिभिजनका अनुसार यी ठेक्का सम्झौताहरू अन्तर्गतका सडक तथा पुल निर्माण कार्यहरू लामो समयदेखि अलपत्र अवस्थामा छन्। धेरै ठेक्कामा भौतिक प्रगति न्यून, कार्यतालिका संशोधन भए पनि त्यसअनुसार काम नगर्ने, र ठेकेदार पक्षले कार्य सम्पन्न गर्न तदारुकता नदेखाएको पाइएको छ।

सडक डिभिजनले यसअघि पनि पटक–पटक चेतावनी दिँदै कार्यप्रगति सुधारका निर्देशनहरू जारी गरेको थियो। तर सुधार नआएपछि यो अन्तिम सूचना जारी गरिएको बताइएको छ।

सूचनामा उल्लेख गरिएअनुसार तोकिएको १५ दिनभित्र ठेकेदार कम्पनीहरूले आफूले काम नगर्नुको उचित कारण प्रस्तुत नगरेमा, कानुनी प्रावधानअनुसार ठेक्का रद्द गरी नयाँ प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काम नगर्ने ठेकेदारमाथि सरकारको कडा कारबाही : देशभर १९७ रुग्ण ठेक्का एकैचोटि तोडियो

बालेनकै मान्छे माग्न थाले गृहमन्त्रीको राजीनामा, ईको काउन्टर – ‘सारथि फेरिए प्रधानमन्त्री पनि फेरिन्छ’

चालु आर्थिक बर्षको तीन महिनामै तीन सचिवले दिए राजीनामा

काम नगर्ने ठेकेदारलाई सडक डिभिजन काठमाडौको कडा जवाफ — ‘अब सुधार नभए ठेक्का समाप्त

म्यान्डेट बिर्सिएर अर्थहीन काममा अल्झिरहेछ सुशीला सरकार

डिजिटल नापीको युग : प्राविधिक दक्षता, पारदर्शिता र नागरिक सुविधा तर्फको अग्रसरता

अब को होला २९ औं मुख्य सचिव ?

सिंहदरबारभित्रै ६७० सवारी खरानी,कौडीको भाउमा बेच्ने तयारी

बिशेष