गृहमन्त्री ओमप्रकाश अर्यालले २ विभागका महानिर्देशक हेरफेर गरेका छन् ।
बिज्ञापन
गृहमन्त्री अर्यालले आइतबार ललितपुर, भक्तपुर, झापा, मोरङ, रुपन्देही, कपिलवस्तु, बारा, पर्सा, रौतहट लगायत ३६ सहसचिवहरुको सरुवा गर्दा २ महानिर्देशक परिवर्तन गरेका छन् ।
गृहमन्त्री अर्यालले २५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । जसमा सरुवाको सूची अनुसार टोकराज पाण्डेलाई रुपन्देहीबाट लमजुङ सारिएको छ । कृष्ण प्रसाद लम्साललाई कैलालीबाट नवलपरासी सुस्तापूर्व खटाइएको छ । यस्तै,हिरालाल रेग्मी सुस्तापूर्वबाट कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाइएको छ । यस्तै,नारायण रिसाललाई महोत्तरीबाट दोलखा, दोलखाबाट भोला दाहाललाई पर्सा पठाइएको छ भने पर्साबाट तोयनारायण सुवेदी अर्घाखाँची पठाइएको छ । सरुवाको सूची अनुसार,प्रेम प्रसाद लुँइटेललाई उदयपुरबाट धनुषा,जनार्दन गौतमलाई डडेल्धुराबाट कपिलवस्तु पुर्याइएको छ । यस्तै,लमजुङबाट माधव पोखरेल रुपन्देही पठाइएको छ भने केदारनाथ शर्मालाई जुम्लाबाट अध्यागमन कार्यालय भैरहवामा पठाइएको छ ।
यसरी सरुवा गरिँदा भक्तपुरका प्रजिअ रहेका नमराज घिमिरेलाई पञ्जिकरण विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ भने ललितपुरका प्रजिअ सुमन घिमिरेलाई कसुरजन्य सम्पत्ति व्यवस्था विभागका महानिर्देशको जिम्मेवारी सुम्पिइएको छ । त्यहाँ कार्यरत रहेका प्रेम प्रसाद भट्टराई ललितपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ । यस्तै हाल पञ्जिकरण विभागको महानिर्देशक रहेका युवराज कट्टेल सिडिओ बनेर झापा सरुवा भएका छन् ।
बिज्ञापन
गृहमन्त्री अर्यालले राष्ट्रिय परिचयपत्र विभागका महानिर्देशक युवराज कट्टेललाई मोरङ र कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाउँदै त्यहाँ क्रमश घिमिरेद्धयलाई ल्याएका हुन ।


























