३१ भदौंमा नयाँ पासपोर्ट बनाएका थिए खड्काले

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा,देउवा पत्नी आरजु र पूर्व उर्जामन्त्री दिपक खड्काले भदौं अन्तिम साता नयाँ कुटनीतिक राहदानी लिएको फेला परेको छ ।

बिज्ञापन

गत भदौं २४ मा जेनजीको विद्रोहका क्रममा पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा र पूर्व मन्त्री खड्काको बूढानिलकण्ठस्थित घरमा तोडफोड र आगजनी गरिएको थियो । सोही समयमा अन्य चिजबस्तुहरु सँगै राहदानी समेत खरानी भएपछि देउवा दम्पत्ति र पूर्व मन्त्री दिपक खड्काले नयाँ राहदानी निकालेको फेला परेको छ । देउवा दम्पत्तिले सार्वजनिक बिदाको दिन अर्थात असोज ३ गते संविधान दिवसको अवसरमा पारेर कुटनीति राहदानी लिएको फेला परेको हो भने खड्काले भदौं ३१ गते मंगलबार नयाँ राहदानी लिएको भेटिएको छ ।
परराष्ट्र र राहदानी विभागका अधिकारीहरुले देउवा दम्पती र खड्कालाई कूटनीतिक राहदानी प्रदान गरेका हुन । विशिष्ट पदाधिकारीका रूपमा उनीहरूलाई कार्यालयमा नबोलाई मोबाइल सेवा प्रदान गरिएको राहदानी विभागले जनाएको छ । ती अधिकारीहरुका अनुसार मोबाइल किट पुगेका टोलीले किटले फोटो लिने र अन्य बायोमेट्रिक्स जस्ता व्यक्तिगत सेवा प्रदान गरेको हो । राहदानी ऐनको दफा ६ मा विभागले सम्बन्धित मन्त्री, संवैधानिक निकाय वा सचिवालयको निर्णय (वा सिफारिस) बमोजिम सरकारी काम वा विशेष कामका सिलसिलामा विदेश भ्रमण गर्ने अधिकारीहरूलाई कूटनीतिक राहदानी जारी गर्ने व्यवस्था छ । त्यस्तै राहदानी नियमावली–२०७७ मा कूटनीतिक राहदानीका लागि आवश्यक योग्यताबारे पनि प्रस्ट पारिएको छ । सोही अनुसार पूर्व प्रधानमन्त्री,मन्त्रीद्धय र उनका परिवारलाई कुटनीतिक राहदानी बनाइएको खुलेको छ ।

बिज्ञापन

खड्काले श्रीमती विनिता थापा खड्का र छोरा दिपांशको नाममा गत भदौ ३१ गते मंगलबार गोप्य तवरबाट राहदानी बनाएका रहेछन् । ३१ भदौंमा दिपकका नाममा बीए ०३९०२४८ नम्बरको राहदानी जारी भएको थियो । त्यसैगरी श्रीमती विनिता र छोरा दिपांशको नाममा क्रमशः पिए ४५९६२६० र बिए ०३९०२४७ नम्बरको राहदानी पनि सोही दिन जारी भएको देखिन्छ ।

देउवा पत्नीका नाममा राहदानी असोज ३ गते संविधान दिवसको दिन जारी भएको थियो । पूर्व प्रधानमन्त्री देउवाको नाममा पिए ४५९८८०२ र राणाको नाममा पिए ४५९८८०१ नम्बरको राहदानी विभागबाट उपलब्ध गराइएको हो ।

बिज्ञापन

देउवा दम्पतीका लागि असोज ३ अर्थात् सार्वजनिक बिदाका दिन पनि राहदानी जारी गरिएको विषयमा पनि प्रश्न उठेको छ । संविधान दिवसका कारण सार्वजनिक सेवा बन्द भए पनि त्यो दिन राहदानी कसरी जारी भयो  ? यो प्रश्न उठिरहेको छ ।

उनीहरुले यसरी राहदानी लिएर उपचारको बहानामा थाइल्यान्ड भाग्न खोजेको देउवा दम्पत्तीमाथि आरोप थियो भने पूर्व मन्त्री खड्का दुई साताभन्दा लामो समय भारतबाट आइतबारमात्र स्वदेश फर्किएर जलेको निवासबाट पत्रकार सम्मेलन गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

बिशेष