बूढीगंगाले एकै पटक हटायो करार र अस्थायी सेवाका १२० कर्मचारी

करार कर्मचारी कटौती गर्ने अन्तरिम सरकारको निर्णयको प्रभाव स्थानीय तहमा देखिन थालेका छन् । सङ्घीय मन्त्रीपरिषद्को असोज ५ गते बसेको बैठकले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी तथा करार कर्मचारी कटौती गर्ने निर्णय गरेको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि सबै स्थानीय तहलाई निर्देशन दिइसकेको छ । सोही निर्देशन कार्यान्वयनका लागि भन्दै पालिकाले दरबन्दीभन्दाबाहेकका कर्मचारी कटौती गर्न थालेका हुन् ।
अहिलेसम्म सबैभन्दा धेरै एउटै पालिकाले १२० करारका कर्मचारी हटाएको छ । बाजुराको बुढीगंगा नगरपालिकाले एक सय भन्दा धेरै करार, ज्यालादारी र अस्थायी कर्मचारीलाई कार्तिक १ गतेदेखि म्याद थप नगर्ने निर्णय गरेको हो ।

बिज्ञापन

संघीय र प्रदेश सरकारको पत्रअनुसार पालिकामा कार्यरत अस्थायी कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेको पालिकाले जनाएको छ ।
हाल बुढीगंगा नगरपालिकाले विकासीय बजेटबाट ८० जना अस्थायी कर्मचारीलाई तलब भुक्तानी गर्दै आएको जनाइएको छ । ती कर्मचारीहरुलाई समेत १ कार्तिकको मितिदेखि लागू हुने गरी बिदा गरिएको पालिकाले जनाएको छ ।

बिज्ञापन

सो पालिकाले करार कर्मचारीका लागि १ करोड ८० लाख ७० हजार ३ सय ३६ रुपैयाँ खर्च गरेको थियो अघिल्लो आर्थिक बर्षमा । नगरपालिकाले दरबन्दी बाहेक इन्जिनियर उजुरी प्रशासक, स्वकीय सचिव, रोजगार सहजकर्ता लगायत दरबन्दी भन्दा बढी करार कर्मचारी नियुक्त गरेर तलव भत्ता बाफत उक्त रकम खर्च गरेको महालेखाले बेरुजु नै लेखेको थियो ।

धमाधम करारका कर्मचारी हटाउँदै स्थानीय तह

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सर्वोच्चको फैसला उल्ट्याएर नामसारी: मालपोत बाँकेका पूर्व प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय प्रमुखसहित नासु–खरिदारको सरुवा

टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला

सरकारी शिक्षक–कर्मचारीलाई चुनावी प्रचारमा नलाग्न निर्वाचन आयोगको कडा चेतावनी

मन्त्रिपरिषद् बैठक बस्दै

अधिकृतदेखि सचिवसम्मको सरुवामा जेनजी अभियन्ताको दवाब

प्रशासकीय अदालतको आदेशपछि उपसचिव बढुवाको सूची संशोधन

मन्त्रीले स्पष्टीकरण सोध्ने तयारी गरेपछि काफ्लेले दिए राजीनामा,कामचलाउको जिम्मेवारी पाए पौडेलले

बिशेष