यी हुन् सरकारले फिर्ता बोलाएका राजदूतहरू (सूचीसहित)

सुशीला कार्की नेतृत्वको सरकारले केपी शर्मा ओलीको पालामा राजनीतिक नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो ।

बिज्ञापन

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो ।

बिज्ञापन

 आज बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूतलाई आगामी कात्तिक २० भित्र नेपाल फर्कन निर्देशन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार चीनका कृष्णप्रसाद ओली, जर्मनीका लागि शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका शनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिकाका लोकदर्शन रेग्मी, र जापानका डा. दुर्गाबहादुर सुवेदी हुन् ।

बिज्ञापन

राजनीतिक नियुक्तिबाट राजदूत बनेका अष्ट्रेलियका लागि  चित्रलेखा यादव, डेनमार्कका लागि सुम्निमा तुलाधर, दक्षिण कोरियाका लागि शीवमाया तुम्बाहाङ्फे, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ र श्रीलंकाका लागि पूर्णबहादुर नेपालीलाई भने तत्काल फिर्ता बोलाएको छैन ।

करियर राजदूतहरु बहराइनका लागि तीर्थराज वाग्ले, बंगलादेशका लागि घनश्याम भण्डारी, बेल्जियमका लागि सेवा लम्साल, ब्राजिलका लागि निर्मलराज काफ्ले, क्यानडाका लागि भरतराज पौड्याल, इजिप्टका लागि सुशिल लम्साल, फ्रान्सका लागि सुधिर भट्टराई, जापानका लागि दुर्गाबहादुर सुवेदी, कुवेतका लागि घनश्याम लम्साल, म्यानमारका लागि हरिषचन्द्र घिमिरे, ओमानका लागि डोरनाथ अर्याल, पाकिस्तानका लागि रिता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, थाइल्याण्डका लागि धनबहादुर वली, युनाइटेड अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, राष्ट्रसंघका लागि अमेरिकाको न्यूयोर्कस्थित स्थायी नियोगका लागि लोकबहादुर थापा, जेनेभास्थित स्थायी नियोगका लागि रामप्रसाद सुवेदी र  अष्ट्रियास्थित नेपाली स्थायी नियोगका लागि भरतकुमार रेग्मीलाई भने फिर्ता बोलाएको छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

आयल निगमको कार्यकारी निर्देशक भट्टले बिदाको दिन चलाएको सरकारी कार डिभाइडरमा लगेर ठोके

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

बिशेष