एकै पटक ६६५ इन्स्पेक्टरको सरुवा

प्रहरी प्रधान कार्यालयले एकैपटक ६६५ इन्स्पेक्टरको सरूवा गरेको छ ।

बिज्ञापन

असोज २८ गते प्रहरी महानिरीक्षकको निर्णय अनुसार कात्तिक महिनादेखिको तलव भत्त समेत सरुवा भएको दरबन्दीबाट पाउने सूचनामा उल्लेख छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार,अक्षयकुमार रावललाई उपत्यका सशस्त्र प्रहरी गणबाट इलाका प्रहरी कार्यालय बुटवल पठाइएको छ भने अच्युत गिरीलाई अपराध अनुसन्धान कार्यालय प्रबन्ध तथा भण्डार शाखाबाट इलाका प्रहरी कार्यालय मैनापोखर बर्दिया सरुवा गरिएको छ ।

यस्तै अच्युत गिरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट इलाका प्रहरी कार्यालय, मैनापोखर, बर्दियामा सरुवा गरिएको छ भने अनिल कुमार मिश्रलाई नेपाल प्रहरी प्रदेश कार्यालय, विशेष इकाई वीरगञ्जबाट इलाका प्रहरी कार्यालय, डेढगाउँ, पूर्वी नवलपरासीमा सरुवा गरिएको छ।

बिज्ञापन

यसैगरी, केन्द्रीय अनुसन्धान ब्यूरो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष ब्यूरो जस्ता विशिष्टिकृत इकाईहरूमा कार्यरत निरीक्षकहरूलाई समेत विभिन्न जिल्ला तथा इलाका प्रहरी कार्यालयमा पठाइएको छ भने फिल्डमा कार्यरतहरूलाई त्यस्ता महत्त्वपूर्ण इकाईमा तानिएको छ।

सरुवाको कारणमा अधिकांशलाई ‘नियमित सरुवा’ भनिएको छ भने केही स्थानमा ‘बढुवा खाली’ भएका पदहरूमा पदपूर्ति गरिएको छ।

INSP_29

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एम्बुलेन्समै तस्करीको धन्दा : रसुवामा ७० लाखभन्दा बढीको चिनियाँ चुरोटसहित चार जना पक्राउ

सेनाको ब्यारेकभित्र जो पनि छिर्न थालेपछि..

वाइडबडी घोटालाको छानबिन गर्न सहसचिव डंगोलको संयोजकत्वमा समिति गठन

निजामतीमा कति छन नक्कली प्रमाणपत्रधारी ? बर्ष दिनमै थपियो ५४२ उजुरी

१९ वर्षको प्रतीक्षा : नायव सुब्बाको वृत्तिविकासमा अवरोध र सुधारको अपरिहार्यता

उल्टो बयान दिएपछि सरकारी साक्षीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

मन्त्री इङ्नामको अनुभव : भूमिभन्दा सहरीका कर्मचारी भ्रष्ट

महानिर्देशक पोखरेलको पहल: राष्ट्रिय कितावखानाको ई–पेन्सन प्रणालीले ल्यायो प्रशासनिक क्रान्ति

बिशेष