जेनजी विद्रोहको महिना दिनमै दुई लेखा अधिकृत रंगेहात पक्राउ,प्रध्यापक, प्रहरी जवान अनुसन्धानको राडारमा

गत भदौं २३ र २४ गतेको जेनजीको विद्रोह पछि राजनीतिक रुपान्तरण त भयो तर प्रशासनिक क्षेत्र उस्तै रसातालमा छ ।

बिज्ञापन

असोज महिनामा अख्तियारले विभिन्न ९ वटा भ्रष्टाचार मुद्धा चलाएको छ । जसमा दुई वटा मुद्धामा लेखा अधिकृतहरु रंगेहात पक्राउ परेका छन् भने । अख्तियारले सशस्त्रका प्रहरी जवान र विद्यालयका प्रध्यापकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन

जेनजी आन्दोलनको राप र ताप नसेकिँदै अख्तियारले दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत लेखा अधिकृत टंकबहादुर कार्की घुस रकमसहित पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।

सडक स्तरोन्नति तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन

कार्कीले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मंगलगडी चोकबाट नियन्त्रणमा लिई अहिले थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

यस्तै,अख्तियारले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुससहित पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ५५० वर्षीय दाहालले लिएको १ लाख २० हजार ८५० रुपैयाँ घुस रकम आयोगको टोलीले बरामद गरेको छ ।
विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई बिल रकम भुक्तानी गर्दा उनले घुस लिएको अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यता,रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालय, धरहरीका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस प्रकरणमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको जनाइएको छ ।

उनले विद्यालयमा हुन लागेको माध्यमिक तह (द्वितीय) विज्ञान विषयको शिक्षक नियुक्ति परीक्षामा उतीर्ण गराइदिने वचन दिएर एक शिक्षकसँग साढे चार लाख रुपैयाँ घुस मागेका थिए। साहले घरमा उक्त रकम लिँदै गर्दा उनका सहयोगी अरविन्द प्रकाश साह समेत अख्तियारको फन्दामा परेका छन् । आयोगले दुवै जनामाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

उता अख्तियारले सशस्त्र प्रहरी जवानलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । रुपन्देही, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगावामा कार्यरत प्रहरी जवान याम बहादुर खत्री घुस रकमसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । खत्रीले सीमा पारी भारतबाट भन्सार छली अवैधरुपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको बिषयमा अख्तियारले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लोकसेवा प्रक्रियामाथि सीधा प्रहार, कारागार विभागका डीजी–निर्देशकको सोलुखुम्बु ‘दबाब दौड’

सरकारविरुद्ध मुद्दा हाल्ने डीएफओमाथि प्रशासनिक कारबाही, निर्देशनालयमा तानियो

सामान्यको सुशासन : शाखा अधिकृतलाई धमाधम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

४ उपसचिव,३८ शाखा अधिकृतको सरुवा, १८ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

किराना र कस्मेटिक पसल अनुगमनमै बित्यो डिजी ज्ञवालीको चार महिना

सशस्त्रका तीन एआईजीको सरुवा

नयाँ मापदण्डले पनि भत्किएन भिजिट भिसाको सेटिङ,त्रिवि अध्यागमनबाट हटाइए दुई अधिकृत

श्रमिक ठगी न्यूनीकरण र सूचनामा पहुँच बढाउन ‘हेल्प टु हेल्प डेस्क’

बिशेष