नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दर्ता गरेको छ।
बिज्ञापन
सुवेदीले केही दिनअघि टिकाराम यात्रीसँग कुराकानीको क्रममा जेनजी आन्दोलनको दुई दिनअघि प्रचण्डको निवासबाट २ करोड रुपैयाँ दुई ट्रकमा निकालिएको दाबी गरेका थिए।उक्त क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
बिज्ञापन
प्रचण्डको सचिवालयका संयोजक गोविन्द आचार्यको तर्फबाट चरित्रहत्या र भ्रम फैलाइएको भन्दै साइबर ब्युरोमा बुझाइएको हो । कानुनअनुसार कारबाही गरिपाउँ भनेर हामीले साइबर ब्युरोमा उजुरी दिएको आचार्यले जनाएका छन् ।