सुन तस्करीको अभियोगमा प्रहरीले पूर्व उपराष्ट्रपति र उनको परिवारतिर समेत अनुसन्धानको सुँइ सोझाएको छ । चिनियाँ नागरिक ली हानसोङले अवैध रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं हुँदै नेपालमा ल्याउँदै गरेको अवस्थामा उक्त भेप जफत भएको थियो। भेपभित्रको ८ करोड ५५ लाख २८ हजार रूपैयाँबराबरको सुन भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कामार्फत बेचबिखन गरी आपराधिक समूह बनाई संगठित रूपमा आपराधिक लाभ लिएको देखिएको अभियोगमा हिजोमात्र सिआइबीले कृष्णबहादुर महरालाई पक्राउ गरेको थियो ।
बिज्ञापन
यस्तै ६० किलो सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र उनका छोराहरूका अलवा आफन्तविरुद्ध पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
बिज्ञापन
हिजोमात्र विद्युतीय चुरोट भेप मार्फत सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेको प्रहरीले पूर्वउपराष्ट्रपति पुन र उनका छोराहरुविरुद्ध समेत अनुसन्धान अगाडि बढाउने भएको हो ।
२०७९ सालमा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन र २०८० सालमा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी प्रकरणमा पुनका छोरा दिपेश मुछिएका छन् । सुन तस्करी प्रकरणमा गठन गरिएको जाँचबुझ आयोगले दीपेशको संलग्नता किटान गर्दै थप अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको थियो ।
बिज्ञापन
पूर्वउपराष्ट्रपति पुनका कान्छा छोरा दीपेश पुन पनि सुन तस्करी प्रकरण, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएपछि फरार रहेका छन् । यो प्रकरणमा पुनको आफन्त अमला रोका समेत सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् । ठमेलको ‘होटल भियना’समेत सञ्चालन गरेकी रोका गत असारमा दुई लाख धरौटीमा रिहा भएकी थिइन् ।राजस्व अनुसन्धान विभागले ६० किलो सुन बरामद गरेपछि र होटल भियानामा छापा मार्नु केही दिनअघि मात्रै अमला रोका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको घरमा पुगेर खाना खाएको भिडियो सामाजिक सञ्जालमा आएको थियो। त्यति मात्र होइन, बुहारी जुनाले दावालाई भाइटीका लगाएको तस्बिर पनि बाहिरिएको थियो। जसले गर्दा उनीहरूको सम्बन्ध पारिवारिक रहेको भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
पूर्वउपराष्ट्रपति पुनका छोराहरु, आफन्त र उनको सचिवालयका सदस्य समेत सुन तस्करी प्रकरणमा मुछिएका र पुनको चिनियाँ टोलीसँग शंकास्पद सम्बन्ध रहेको भन्दै प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको हो ।